‘जनताका गुनासा सम्बोधन गर्ने प्रयास गर्छु’

कैलाली : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले संविधानले दिएका अधिकार प्रत्यायोजन गर्दै प्रदेश सरकारलाई घचघच्याउने र जनताका गुनासालाई सम्बोधन गरिने बताएका छन्।
शुक्रबार धनगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेश प्रमुख जोशीले संविधानले दिएको अधिकारभन्दा बाहिर गएर कुनै पनि काम आफुले नगर्ने बताए । उनले सक्रिय राजनीतिमा रहेकै वेला प्रदेश प्रमुखको जिम्मेवारी पाएको भन्दै जन अपेक्षाका बारेमा आफुलाई जानकारी हुने भन्दै बेवास्ता गर्न नसकिने बताए ।
अधिकारको सीमामा रहेर जनभावना समेट्न सक्दो प्रयत्न गर्ने प्रदेश प्रमुख जोशीले बताए । भेटघाटका क्रममा कान्तिपुर दैनिकका सुदुरपश्चिम प्रमुख चित्राङ्ग थापाले पत्रकारका समस्या र समसामयिक बिषयमा प्रदेश प्रमुखलाई जानकारी गराएका थिए ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया