‘छलफलविनै बनेका कानुन कार्यान्वयनमा चुनाैति’

बुटवल : लक्षित समुदाय तथा सरोकारवालासँग पर्याप्त छलफल नै नगरी निर्माण गरिएका कानुन कार्यान्वयनमा चुनाैति देखिएको सरोकारवालाको गुनासो छ । समुदाय लक्षित कानून सम्बन्धित पक्षसँग छलफल नै नगरी बनाउँदा अपनत्व महसुस नहुने र प्रभावकारी कार्यान्वयनमा समेत समस्या उत्पन्न भएको सरोकारवालाहरूको गुनासो छ ।
संवाद समूह सचिवालयले बुटवलमा आयोजित गरेको कानून निर्माण र कार्यान्वयनको अवस्था विषयक संवाद कार्यक्रममा बोल्दै नागरिक समाजका अगुवाहरूले यस्तो गुनासो गरेका हुन् ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिवद्धय केदार कोइराला र माधव मरासिनीले कानून निर्माण गर्नुअघि प्रदेश सञ्चालन नीति तर्जुमा गर्नुपर्ने र त्यसका आधारमा कानून निर्माण गर्नुपर्ने आवस्यकता औल्याए । मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति गोविन्द खनालले प्रदेश कानून निर्माण प्रक्रिया कर्मकाण्डी र औपचारिकतामा सीमित हुँदा कार्यान्वयनमा चुनौती देखिएको धारणा राखे ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा प्रदेश मामिला तथा कानून समितिका सदस्य भोजप्रसाद श्रेष्ठले नेपालको निर्वाचन प्रक्रियामा भएको त्रुटिका कारण संसद्कोे गरिमा कम भएको बताए । सांसदको टिकट वितरण गर्दा दलहरूले योग्यता, क्षमता र निश्चित मापदण्ड निर्धारण गर्नुपर्नेमा उनले जोड दिए ।
अर्का प्रदेश सभा सदस्य तथा कानून समिति सदस्य रमा अर्यालले पनि सरोकारवाला पक्षसँग छलफल गरेर बनाइने कानुन मात्रै प्रभावकारी कार्यान्वयन हुने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सचिवालयका प्रवक्ता श्यामप्रसाद श्रेष्ठले प्रदेश सभा सचिवालयमा हालसम्म ६५ वटा विधेयक दर्ता भएकोमा ५९ वटा विधेयक पारित भइ प्रमाणिकरण भइसकेको जानकारी दिए ।

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

बाँकेमा साइबर अपराधका उजुरी बढे

मेवा बिक्रीबाट आम्दानी गर्दै सहकारी

सिक्टा सिँचाइः पश्चिमी मूल नहरको छैटौँ शाखा निर्माण

कृषि र पशुपालनबाट किसानलाई आत्मनिर्भर बनाउँदै पाल्पाका दुई पालिका

प्रतिक्रिया