सम्पर्कमा आए ग्रीन लाइनका सञ्चालक अग्रवाल

काठमाडौँ– कोभिड–१९ महामारीका कारण व्यवसायमा गिरावटका कारण बैंकको ऋण तिर्न नसकेर पलायन भएका कान्तिपथस्थित ग्रीन लाइनका सञ्चालक मदिरा व्यवसायी अमित अग्रवाल सम्पर्कमा आएका छन् । बैंकको ८० करोड रुपैयाँभनदा धेरै तिर्न बाँकी रहेको छ र ठूलो ऋण नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट, ग्लोबल आईएमई र मेगा बैंकको छ ।
महामारीपछि व्यवसायमा गिरावट आएपछि उनले व्यवसाय टिकाउन महँगो ब्याजमा सहकारीबाट पैसा लिएका थिए । साथै उनले सेल्सबेरीका सञ्चालक सुशील प्रधानांग, राम अग्रवाल, सुनिल श्रेष्ठ तथा दीपक श्रेष्ठसँग महँगो ब्याजमा ऋण लिएका थिए । उनलाई मिटरब्याजमा ऋण दिने नेपाल प्रहरीका उच्च अधिकारीहरू समेत रहेका छन् ।
उनले आफू उपचारको क्रममा केही समय देशबाहिर रहेको र बैंकको ऋणको साँवाब्याज भुक्तानी र साहुकारहरूको ऋण तिर्ने प्रतिवद्धता समेत गरेका छन् ।

एमसीसीबाट आगामी वर्षमा ६ अर्ब अनुदान आउने सरकारलाई आश

आज कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

स्टार्टअप उद्यमीलाई ३ प्रतिशत ब्याजदरमा ऋण

मृर्गौला प्रत्यारोपणपछि सगरमाथा विजयः पेम्बाको साहसिक यात्रामा एनसेल फाउन्डेसन…

यस्तो थियो नेपालको पहिलो बजेट (पूर्णपाठ)

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाट ई-कम डलर कार्डमा रियल टाइम लोड…

साढे १९ खर्ब बराबरको बजेट आज आउँदै

प्रतिक्रिया