सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

विकास साझेदार संस्थाले ६ महिनामा नेपाललाई दिए १० अर्ब ८६ करोडको स्वास्थ्य सामाग्री

काठमाडौं - विकास साझेदार राष्ट्र तथा निकायले नेपाललाई पछिल्लो ६ महिनामा १० अर्ब  ८६ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गरेका छन् ।  अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७८/८९ को पहिलो ६ महिना (साउदन देखि पुससम्म)को अवधिमा विकास साझेदारले उक्त सहायता नेपाललाई उपलब्ध गरेका हुन् । 

यस अवधिमा विभिन्न विकास साझेदारले १० अर्ब ७० करोड रुपैयाँ बराबरको कोभिड–१९ विरुद्धको खोप उपलब्ध गरेको अर्थले जनाएको छ ।  यस्तै, विकास साझेदारहरुले जनस्वास्थ्य प्रतिरक्षाका लागि १६ करोड रुपैयाँ बराबरको अन्य स्वास्थ्य सामाग्री उपलब्ध गरेका थिए । न्युज कारखाना