शून्य लागतमा पशुधन बीमा

तनहुँ - भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले किसानको शून्य लागतमा पशुधन बीमा गरिदिएको छ । सङ्घीय सरकारले ८० प्रतिशत र प्रदेश सरकारले २० प्रतिशत रकम ब्यहोर्ने गरी पशुधनको बीमा गरिएको हो ।
पशु बीमाको प्रिमियमका लागि रु ४० लाख विनियोजन गरिएको सो कार्यालयले जनाएको छ । व्यावसायिक रुपमा पशु फार्म सञ्चालन गरेका किसानको रु दुई लाखसम्मको बीमा गरिएको कार्यालयका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । पशुपालन गर्दा कतिपय अवस्थामा बस्तुले हानेर फार्म सञ्चालकको मृत्यु हुने गरेकोले किसानको समेत बीमा गरिएको उनले बताए।
गत आर्थिक वर्ष सङ्घीय सरकारबाट ७५ प्रतिशत र गण्डकी प्रदेश सरकारबाट २५ प्रतिशत बीमाका लागि सहयोग प्राप्त भएकोे थियो । गतवर्ष एक हजार पाँच सय एघार किसानले रु ४५ लाख बराबरको प्रिमियम लिएका थिए । कार्यालय प्रमुख श्रेष्ठले भने “यस वर्षको साउनदेखि हालसम्म दुई सय किसानले पशु बीमा गराएका छन्, पछिल्लो समय बीमातर्फ किसानको आर्कषण बढ्दै गएको पाइन्छ ।” पशुपालक किसानमा बीमा गर्नुपर्छ भन्ने चेतना आएको छ ।
कुनै वर्ष किसानले पशुको बीमा नगर्दा विनियोजित बजेट पनि फ्रिज भएर फिर्ता भएको थियो। गतवर्ष स्रोह हजार ६२९ पशुको बीमा गराउँदा रु ४० करोड २० लाख बीमाङ्क रकम बराबरको पशुधन बीमा भएको थियो । यसरी पशुधन बीमा गराउँदा कुनै कारणले पशुको मृत्यु भएमा ९० प्रतिशतसम्म किसानले क्षतिपूर्ति पाउने भएकोले ठूलो क्षति हुनबाट जोगाउन सकिने हुँदा पशुधन बीमालाई प्राथामिकतामा राखिएको हो ।
मासु, अण्डा र दूधमा जिल्ला आत्मनिर्भर भई बाह्य जिल्लामा निर्यातसमेत गर्न थालिसकेको बताइएको छ। दूध उत्पादनमा वृद्धि गर्ने उद्देश्यले उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तर्गत किसानलाई प्रतिलिटर दूधमा साढे दुई रुपैयाँ अनुदान दिन थालिएको छ।

एमसीसीबाट आगामी वर्षमा ६ अर्ब अनुदान आउने सरकारलाई आश

आज कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

स्टार्टअप उद्यमीलाई ३ प्रतिशत ब्याजदरमा ऋण

मृर्गौला प्रत्यारोपणपछि सगरमाथा विजयः पेम्बाको साहसिक यात्रामा एनसेल फाउन्डेसन…

यस्तो थियो नेपालको पहिलो बजेट (पूर्णपाठ)

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाट ई-कम डलर कार्डमा रियल टाइम लोड…

साढे १९ खर्ब बराबरको बजेट आज आउँदै

प्रतिक्रिया