बिहीबार २९ जेठ, २०८२
Thursday, June 12, 2025

कन्सुलर सेवा विभागको सेवा अब त्रिपुरेश्वरबाट

फाइल फोटो

काठमाडौँ : कन्सुलर सेवा विभागले आगामी फागुन १ गतेदेखि सम्पूर्ण सेवा त्रिपुरेश्वरस्थित नयाँ भवनबाट प्रवाह गर्ने भएको छ । विभागले उक्त स्थानबाट सेवा लिन सेवाग्राहीलाई विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।

विभागले यसअघि नारायणहिटी दरबारको एउटा भवनबाट सेवा प्रभाव गर्दै आएको थियो । रासस