सुर्खेतमा खुकुरी प्रहारबाट युवा गम्भीर घाइते

सुर्खेत– खुकुरी प्रहारबाट सुर्खेतको भेरीगंगा नगरपालिकाका एक युवक गम्भीर घाइते भएका छन् । भेरिगंगा नगरपालिका १३ बस्ने २७ वर्षीय कर्णबहादुर रसाइली धारिलो हतियार प्रहारबाट घाइते भएका हुन् ।
वीरेन्द्रनगर नगरपालिका– १२ चनौटेमा तीन जनाको समूहले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाइतेको माया नर्सिङहोममा उपचार भइरहेको छ । घाईतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
हतियार प्रहार गर्ने वीरेन्द्रनगर नगरपालिका–१२ का अर्जुन विक र रामपुर्ण रानामगरलाइ एक थान खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिएको छ । अर्का एक व्यक्ति फरार भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । फरार व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया