सुनाकोठीबाट हराएको बालकुमारीको मूर्ति भेटियो
ललितपुर : ललितपुरको सुनाकाठीबाट हराएको बालकुमारीको मूर्ति फेला परेको छ । मूर्ति भेटिएसँगै स्थानीयवासीले खुसीयाली मनाएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलका अनुसार शुक्रबार बिहान ६ बजे ललितपुर महानगरपालिका १५ स्थित करुणा मन्दिरको छेउमा उक्त मूर्ति फेला पारिएको हो ।
प्रहरी उपरीक्षक पोखरेलले भने, “चोरी गरेर लैजाने व्यक्तिमाथि व्यापक खोजी तथा जनदबाब परेकाले त्यसलाई थेग्न नसकेर मूर्ति छाडेर गएको देखिन्छ ।” उनका अनुसार बिहान पूजा गर्न जाँदा एक महिलाले मूर्ति देखेपछि प्रहरीलाई खबर गरेको जनाइएको छ ।
बिहान १० बजे उक्त मूर्तिलाई गुठीका प्रतिनिधिको रोहवरमा प्रहरीले हस्तान्तरण गरेको थियो । त्यसपछि स्थानीयवासीले मूर्ति फेला पारेको उपलक्ष्यमा बाजा, नाचगान तथा सांस्कृतिक झाँकीसहित खुसीयाली मनाउँदै पुनःस्थापनका लागि सुनाकाठी लगेका छन् ।
यही माघ ८ गते उक्त मूर्ति हराएको थियो । पित्तलबाट बनेको उक्त मूर्ति दुई फिट अग्लो छ । रासस

मेघौलीमा हाइ-एन्ड पर्यटक लक्षित गर्दै १२ विघामा 'सिद्धार्थ वाइल्डलाइफ रिट्रिट' स…

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_lHCEFU3vHe_1ihtkmxxo8kcfnieztumzhlfyhknqzoajjtvc8fafvdogbpxyxjdvfaojq7n.jpg)
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

प्रतिक्रिया