काठमाडौंमा ‘स्मार्ट’ शौचालय

काठमाडौं– काठमाडौं महानगरपालिकाले राजधानीमा स्मार्ट शौचालय सञ्चालनमा ल्याएको छ। सहरमा सार्वजनिक शौचालयको मागलाई पूरा गर्न स्मार्ट शौचालयको सुरुआत गरिएको हो ।
महानगरका मेयर विद्यासुन्दर शाक्यले त्रिपुरेश्वर बस बिसौनीसँगै आज स्मार्ट शौचालयको उद्घाटन गरे । एरोसान नेपालसँगको सहकार्यका निर्माण गरिएको शौचालय सञ्चालनमा ल्याएको हो ।
मेयर शाक्यले काठमाडौंमा सार्वजनिक शौचालय निर्मााणमा स्थानीयवासीले नजिक नबनाइदिनू भन्ने गरेकाले समस्या आएको बताए । ‘स्थानीयवासीको आग्रह आउन थालेपछि काम सुरु गर्दा विवाद हुनसक्ने सम्भावना भएकाले आवश्यकताअनुसारको शौचलय निर्माणमा समस्या परेको हो ।’ उनले भने ।
स्मार्ट शौचालय उद्घाटनपछि उनले दिगो विकासका लागि वातावरणमैत्री पूर्वाधार निर्माणमा महानगर लागिपरेको बताए । ‘जनतालाई प्रविधियुक्त सहरी सेवा दिन हामी तयार छौं,’ उनले भने ।
स्मार्ट शौचालय निर्माणमा सहकार्य गरेको एरोसानका प्रतिनिधि प्रकाश अमात्यले वातावरणमैत्री सार्वजनिक शौचालय बनाउन स्थान अभावले समस्या नहुने बताए । उनले स्मार्ट शौचालयमा बायो डाइजेस्टरसहित सबै प्रणाली थोरै ठाउँमा जडान गरिएको बताए।
शौचालयमा भवनबाट आकाशे पानी संकलन गरिन्छ । सो आकाशे पानीलाई प्रशोधन र प्रयोग गर्न मिल्ने उनको भनाइ छ। शौचालय महिला, बालबालिका, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक सबैका लागि प्रयोगमैत्री छ ।
हेर्दा सफा देखिने शौचालयमा महिनावरी भएका महिलाका लागि स्यानिटरी प्याड प्रयोग गर्न र त्यसको व्यवस्थापन गर्न मिल्ने डिस्पोजल मेसिनको समेत यहाँ व्यवस्था गरिएको छ महानगरपालिकाले सार्वजनिक पार्क निर्माण गरेको स्थानमा यस्ते शौचलय निर्माण गर्ने जनाएको छ । हरियालीको आनन्द लिदैँ पार्क घुम्न आउने हरेकले शौचालयका लागि विकल्प खोज्न नपर्ने मेयर शाक्यले बताए । वातावरणीय र जनवास्थ्यको पक्षलाई ध्यानमा राखेर ३२ वटै वडामा यस्ता शौचालय निर्माण गर्ने नीति महानगरको रहेको छ ।
सर्वसाधारणलाई सहज शौचको व्यवस्था होस् भन्ने हेतूले काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेटमा होटल, रेष्टुरेन्ट पसल जस्ता व्यवसायहरुले आफ्नो प्रयोजनका लागि बनाएका शौचालयमा सर्बसाधारणका लागि निःशुल्क सेवा उपलब्ध गराएमा व्यवसाय करमा ५० प्रतिसत छुट दिने घोषणा गरेको छ ।
यो शौचालय करिब ३५ लाखको लगानीमा यो शौचालय निर्माण गरिएको हो ।

कौरा संरक्षण गर्न प्रतियोगिता

मनसुनी हावा सक्रिय, अधिकांश स्थानमा वर्षा

बाढीले दुम्किवासमा ‘डाइभर्सन’ बगायो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

तुलाले आँटेको काममा सफलता पाउने, कुम्भलाई नयाँ कामको थालनी गर्ने मौका

दिलभूषण पाठकलाई खोज्दै घरमा पुग्यो प्रहरी

निकुञ्जले हुर्काएको अर्को गैडा पनि सदर चिडियाखानामा

श्रीनिवास मल्लको सिंहासन सावर्जनिक रुपमा प्रदर्शन

प्रतिक्रिया