सडक ओगटेर निर्माण समग्री नराख्न अनुरोध
काठमाडौँ - उपत्यका विकास प्राधिकरणले धोबीखोला करिडोरमा सडक ओगटेर निर्माण समग्री नराख्न अनुरोध गरेको छ ।
शुक्रबार धोबीखोला करिडोरको अनुगमन गर्दै प्राधिकरणले यसअघि दिएको निर्देशन अनुसार सडक ओगटेर निर्माण समाग्री नराख्न अनुरोध गरेको हो । धोबीखोला करिडोरमा सडक ओगटेर सामान राखे जफत गर्ने र आवश्यक कारबाही गर्ने चेतावनी पनि प्राधिकरणले दिएको छ ।
प्राधिकरणका बिकास आयुक्त जानुका ढकालले धोबीखोला करिडोरमा निर्माण समग्री राख्दा आवतजावतमा समस्या भएकाले निर्माण समग्री नराख्न अनुरोध गरिएको बताए । त्यस्तै धोबीखोला करिडोरमा जथाभावी फोहर फाल्ने गर्दा समस्या भएकाले यसको समाधानको उपाए खोजिने उनले बताए ।
यसअघि शहरी बिकास मन्त्री रामकुमारी झाँक्रीले धोबीखोला करिडोरको स्थलगत अनुगमन गर्दै नियमित अनुगमन गरि सडक र फुथपातलाइ खाली गर्ने बताएकी थिइन् ।

सवारी र्दुघटनामा एक जनाको मृत्यु, अबरुद्ध महेन्द्र राजमार्ग सञ्चालन

कैलालीका १८ स्थानमा जलमापन केन्द्र

कौरा संरक्षण गर्न प्रतियोगिता

मनसुनी हावा सक्रिय, अधिकांश स्थानमा वर्षा

बाढीले दुम्किवासमा ‘डाइभर्सन’ बगायो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

तुलाले आँटेको काममा सफलता पाउने, कुम्भलाई नयाँ कामको थालनी गर्ने मौका

दिलभूषण पाठकलाई खोज्दै घरमा पुग्यो प्रहरी

प्रतिक्रिया