लागूपदार्थ प्रयोगकर्ता बढेपछि ८४ लाख लागतमा सुधार गृह बन्ने

महोत्तरी- महोत्तरीकाे गौशालामा सुधार गृह बन्ने भएको छ । झन्डै ८४ लाख लागतमा बन्न लागेको सुधार गृह ६ महिनाभित्र तयार हुने निर्माणको जिम्मेवारी पाएको कम्पनी एसडी कन्स्ट्रक्सनले जनाएको छ ।
मधेस प्रदेशको मध्य भागमा बन्न लागेको सुधार गृहले लागूपदार्थको नसामा डुबेर परिवार, समाजमा असर परिरहेका महोत्तरीमात्र नभएर आठवटै जिल्लाका युवाहरूका लागि महत्त्वपूर्ण हुने विश्वास लिइएको छ ।
मधेस प्रदेश आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको पहलमा बन्न लागेको सुधार गृहको नाम सहिद शेखर स्मृति सुधार गृह राखिएको छ । १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा रौतहटको कटहरियामा मारिएका शेखरको सम्झनामा सुधार गृह बनाइएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ ।
गौशाला-८ स्थित सोनी खोल्सीमा बन्न लागेको नवनिर्मित भवनको बिहीबार आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले शिलान्यास गरेका थिए । मन्त्री साहले यही बजेटले मात्र संरचना निर्माण पर्याप्त नहुने भएकाले बहुवर्षीय भवन बनाउन बजेटका लागि आवस्यक पहल गर्ने प्रतिबद्धतासमेत जनाए ।
सुधार गृहका लागि गौशाला नगरपालिकाले झन्डै दुई कठ्ठा जग्गा उपलब्ध गराएको छ । मन्दिर र जंगलको बीचमा रहेको सुधार गृह हरेक हिसाबले सुरक्षित र मैत्रीपूर्ण हुने नगर प्रमुख शिवनाथ महतोको भनाइ छ ।
महोत्तरी भारतीय सीमा नाकाबाट नजिक भएको हुँदा पनि अन्य जिल्लाको भन्दा लागुपदार्थ कारोबार तथा यस्को नसामा लाग्नेको संख्या अधिक रहेको प्रहरीकाे तथ्यांकले देखाएका छन । पछिल्लो तीन महिनामा महोत्तरीमा १४९ जना लागूपदार्थ कारोबार तथा प्रयोग गर्ने पक्राउ परेका छन् । ठूलो मात्रामा गाजा, लागुऔषध तथा सिरिन्ज बरामद भएका छन् ।

कौरा संरक्षण गर्न प्रतियोगिता

मनसुनी हावा सक्रिय, अधिकांश स्थानमा वर्षा

बाढीले दुम्किवासमा ‘डाइभर्सन’ बगायो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

तुलाले आँटेको काममा सफलता पाउने, कुम्भलाई नयाँ कामको थालनी गर्ने मौका

दिलभूषण पाठकलाई खोज्दै घरमा पुग्यो प्रहरी

निकुञ्जले हुर्काएको अर्को गैडा पनि सदर चिडियाखानामा

श्रीनिवास मल्लको सिंहासन सावर्जनिक रुपमा प्रदर्शन

प्रतिक्रिया