हेमन्त शर्माको ‘मालिक’ सार्वजनिक
कोरोनाका कारण भर्खर सुरु भएका मेला महोत्सव रोकिए। ब्यस्त बन्दै गएको गायक हेमन्त शर्माको दैनिकी फर्सदिलो भयो। यहि फुर्सदको समयमा डायरीका पुराना पन्ना पल्टाए । उनका आँखा धेरै वर्ष पहिले लेखेर छोडेको ‘भन मेरो मालिक’बोलको गीतमा गएर रोकिए ।
झण्डै ४ वर्षअघिबाट आफ्ना सिर्जना आफ्नै युट्युबमा सार्वजनिक गर्दै आएका शर्माले गीत सार्वजनिक नगरेको केहि समय भएको थियो । युट्युबलाई चलायमान बनाउँन पनि गीत रेकर्ड गर्नु पर्छ भनेर सोचिरहेका बेला आँखामा परेको गीत रेकर्ड गर्ने निधो गरे । गीतमा संगीत गरे र रेकर्ड गराए ।
पछिल्लो केहि गीतमा गायिका एलिना चौहानसँग सहकार्य गरेका शर्माले यो गीतमा पनि उनैसँग सहकार्य गरे। गीतमा संगीत संयोजन श्यामस्वेत रसाईलीले गरे। गीत तयार भयो। उक्त गीतको म्यूजिक भिडियो गायक शर्माले बिहीबार सार्वजनिक गरेका छन्।
गीतको म्यूजिक भिडियोमा लोसिना लामिछाने र नरेश वीर सिंहले अभिनय गरेका छन्। दीपकमान सिंहले निर्देशन गरेको भिडियोका दृष्य अजय रेग्मीले खिचेका हुन्। भिडियो सम्पादन मिलन विश्वकर्माले गरेका छन्।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया