नेपालमा बुस्टर खोप लगाउने करिब सात लाख पुगे

काठमाडौँ- नेपालमा कोभिड-१९ विरुद्धको बुस्टर खोप लगाउनेको संख्या ६ लाख ७२ हजार ५४८ पुगेको छ । सरकारले कोभिडको तेस्रो लहर सुरु भएदेखि फ्रन्टलाइनरको रुपमा कार्यरत र ज्येष्ठ नागरिलाई केही समय अघिदेखि अतिरिक्त खोप दिन थालेको हो ।
कोभिड विरुद्धको पूरा मात्रा खोप लगाएको ६ महिना भएका १८ वर्षमाथिका सबैलाई बुस्टर डोज दिने निर्णय गरिसकेको छ । पूर्ण मात्रा खोप १ करोड ६० लाख ७१ हजार २२६ जनाले लगाइसकेका छन् । पहिलो मात्रा १ करोड ८० लाख ८१ हजार ८२७ जनाले पाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कुल जनसंख्याको पहिलो मात्रा ७१ दशमलव १ प्रतिशत र पूर्णा मात्रा ५५ दशमलव १ प्रतिशतले पाएका छन् । १८ वर्ष माथिका लक्षित जनसंख्याको ८९ दशमलव २ प्रतिशत र पूर्ण मात्रा ७३ दशमलव ८ प्रतिशतले पाइसकेका छन् । त्यसैगरी लक्षित जनसंख्याको १२ देखि १७ वर्षसम्मका ८४ प्रतिशतले पाएका छन् । पूर्ण मात्रा ३८ प्रतिशतले लगाइसकेका छन् ।
नेपालले विभिन्न मुलुकबाट गरेर ४ करोड ६५ लाख ७० हजार ७२० डोज प्राप्त गरेको छ । गत वर्षको माघको दोस्रो सातादेखि खोप अभियान सुरु भएको थियो । भारतले अनुदानमा १० लाख कोभिशिल्ड खोप उपलब्ध गराएको थियो । फ्रन्टलाइनरको रुपमा काम गर्नेले खोप पाएका थिए । सरकारले कोभिशिल्ड, भेरोसेल, जोनसन एण्ड जोनसन, मोर्डना र फाइजर खोप लगाउँदै आएको छ ।

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

प्रतिक्रिया