एकीकृत समाजवादीकी नेतृ भन्छिन्- एमसीसीकै कारण गठबन्धन टुट्छ भने टुटोस्

अछाम- नेकपा एकीकृत समाजवादीकी नेतृ मदनकुमारी शाह ‘गरिमा’ले एमसीसी पारित नगर्दा सरकार ढल्छ भने ढल्न दिनुपर्ने बताएकी छन् ।
'राष्ट्रियताभन्दा सरकार ठूलो नभएका कारण गठबन्धन तोड्न तयार छौं । तर, एमसीसी कुनै पनि सर्त वा बहानामा अघि बढ्नै दिदैनौं,' राष्ट्रियसभा सदस्यसमेत रहेकी शाहले भनिन् ।
कार्यकर्ता भेटघाटमा अछाम पुगेकी शाहले एमसीसी कुनै पनि हालतमा अनुमोदन हुन नहुने बताइन् । ‘एमसीसी कुनै पनि सर्त वा बहानामा अघि बढाउने कुरा जनतालाई स्वीकार्य हुँदैन । यो खारेज हुनुपर्छ,' उनकाे भनाइ छ । उनले पाँच दलीय सत्ता गठबन्धन फुटाउने वा जुटाउने कारक एमसीसी बन्न नहुने पनि बताइन् ।

युट्युबबाट सीप सिकेर उद्यम
६ महिनापछि घर फर्किए टिंकरवासी : पञ्चायतकालमा नेपाली बाटो, अहिले भारतको भर

थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

महायज्ञबाट चार करोड ७४ लाख संकलन
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

प्रतिक्रिया