मदिराको लतमा हतियार प्रहार, सहकर्मी पक्राउ

काठमाडाैँ – काठमाडौँ महानगरपालिका–१५ ठाडो भर्याङस्थित ग्रिल कारखानाका मजदुरलाई मदिराको लतमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
यसरी फेला पर्नेमा सोही कारखानामा काम गर्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका–७ घर बताउने ४८ वर्षीय मिलन खत्री रहेका छन् । उनीमाथि नुवाकोटको विदुर नगरपालिका–१ घर भएका २२ वर्षीय विकास आचार्यलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अभियोग रहेको महानगरीय प्रहरी कार्यालयले आज एक सूचना जारी गरी जनाएको छ ।
खोजतलासका क्रममा गए राति पक्राउ परेका उनले मदिरा सेवन गरी आपसी विवाद हुँदा आचार्यमाथि चक्कु र बञ्चरोले गर्धन र टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइतेलाई मनमोहन मेमोरियल अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएको छ । उनीमाथि ज्यान मार्ने उद्योग कसुरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

सवारी र्दुघटनामा एक जनाको मृत्यु, अबरुद्ध महेन्द्र राजमार्ग सञ्चालन

कैलालीका १८ स्थानमा जलमापन केन्द्र

कौरा संरक्षण गर्न प्रतियोगिता

मनसुनी हावा सक्रिय, अधिकांश स्थानमा वर्षा

बाढीले दुम्किवासमा ‘डाइभर्सन’ बगायो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

तुलाले आँटेको काममा सफलता पाउने, कुम्भलाई नयाँ कामको थालनी गर्ने मौका

दिलभूषण पाठकलाई खोज्दै घरमा पुग्यो प्रहरी

प्रतिक्रिया