स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा दिप्रुङ गाउँपालिका पहिलो

खोटाङ – खोटाङका १० स्थानीय तहमध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा दिप्रुङ चुईचुम्मा गाउँपालिका पहिलो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७७-७८ मा गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा ८०.५ अंकभार ल्याउँदै दिप्रुङ चुईचुम्मा गाउँपालिका जिल्लाकै पहिलो गाउँपालिका बन्न सफल भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरणलगायतका विषयमा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन गर्नेगरेको छ ।
मन्त्रालयका अनुसार ७८.७५ अंकभार ल्याउदै हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा जिल्लामा दोस्राे स्थान प्राप्त गरेको छ । ७०.७५ अंकभारसहित बराहपोखरी गाउँपालिका तेस्राे भएको छ ।
यस्तै, खोटेहाङ गाउँपालिकाले ६३.२५, साकेला गाउँपालिकाले ६३, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ६२.५, केपिलासगढी गाउँपालिकाले ६१.५, ऐसेलुखर्क गाउँपालिकालले ६० र रावाबेंसी गाउँपालिकाले ५०.५ अंकभार प्राप्त गरेको छ । जन्तेढुंगा गाउँपालिकाले भने स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनका लागि निवेदन नदिएको जनाइएको छ ।
स्थानीय तहको कार्यप्रकृया र उपलब्धिको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरूको पहिचान गर्न, विकास तथा शुसासनमा रहेका कमी कमजोरी पक्षको जानकारी लिन, आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न, गाउँपालिका तथा नगरपालिकाहरुको बीचमा तुलनायोग्य सूचकहरू तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८० को प्रयोजनका लागि मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन गर्दैआएको छ ।

कौरा संरक्षण गर्न प्रतियोगिता

मनसुनी हावा सक्रिय, अधिकांश स्थानमा वर्षा

बाढीले दुम्किवासमा ‘डाइभर्सन’ बगायो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

तुलाले आँटेको काममा सफलता पाउने, कुम्भलाई नयाँ कामको थालनी गर्ने मौका

दिलभूषण पाठकलाई खोज्दै घरमा पुग्यो प्रहरी

निकुञ्जले हुर्काएको अर्को गैडा पनि सदर चिडियाखानामा

श्रीनिवास मल्लको सिंहासन सावर्जनिक रुपमा प्रदर्शन

प्रतिक्रिया