लमजुङमा १९ उद्योग खारेज

लमजुङ- यहाँ घरेलु तथा साना उद्योग कार्यालय लमजुङले १९ घरेलु उद्योग खारेज गरेको छ । यहाँ दर्ता गरेर उद्योग सञ्चालन नगर्ने र लामो समयसम्म नवीकरण नगर्ने उद्योग खोरज भएका हुन् ।
आर्थिक वर्ष २०७८/७९ का छ महिनाका अवधिमा १९ उद्योग खारेज भएको कार्यालय प्रमुख मिता थापाले जानकारी दिए । उनका अनुसार यस अवधिमा ५२१ वटा नयाँ उद्योग दर्ता भएको छ । त्यस्तै सोही अवधिमा १८८ घरेलु उद्योगको नविकरण भएको छ । आर्थिक वर्ष गत आवको सोही अवधिमा ९७० नयाँ उद्योग दर्ता भएको छ।
३६९ उद्योग नवीकरण भएको थियो । सो कार्यालयले अघिल्लो आव २०७६/७७ मा ११ उद्योग खारेज गरेको थियो । सो अवधिमा ६६९ नयाँ उद्योग दर्ता र २३७ उद्योग नवीकरण भएको घरेलु कार्यालयले जनाएको छ । आव २०७५/७६ मा छ उद्योग खारेज भएको उक्त कार्यालयले जनाएको छ । उक्त आर्थिक वर्षमा ४६८ नयाँ उद्योग दर्ता भएका र २७० उद्योगको नवीकरण भएको थियो । सो कार्यालयका अनुसार आव २०७४/७५ मा १० वटा उद्योग खारेज गरिएको थियो ।
सो अवधिमा २७६ नयाँ उद्योग दर्ता र १६४ उद्योग नवीकरण भएको घरेलु कार्यालयको तथ्याङ्कमा छ । त्यस्तै आव २०७३/७४ मा आठ उद्योग खारेज भएका थिए । उक्त आवमा २०९ नयाँ उद्योग दर्ता भएका र १७३ उद्योगको नवीकरण भएको थियो । त्यस्तै वाणिज्यतर्फ आव २०७८/७९ को साउनदेखि पुससम्म ५२ वटा वाणिज्य दर्ता खारेज भएको उक्त कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यस अवधिमा ३१३ नयाँ दर्ता भएका छन् भने २८८ वाणिज्यको नवीकरण भएका छन् । त्यस्तै आव २०७७/७८ मा ६१ वाणिज्य दर्ता घरेलु कार्यालयले खारेज गरेको छ । त्यस्तै ६४० नयाँ वाणिज्य दर्ता भएको र ५५८ वाणिज्यको नवीकरण भएको छ ।
कार्यालयका अनुसार आव २०७६/७७ मा २५ वटा वाणिज्य दर्ता खारेज भएको थियो। त्यस्तै ७६२ वटा नयाँ दर्ता र ३२० वटा नवीकरण भएको थियो । आव २०७५/७६ मा २३ वाणिज्य दर्ता खारेज भएको थियो ।

चियापारखीको रोजाइ ‘पोखरेलको मट्का चिया’

भरतपुरको विकास चोकमा कजारियाको नयाँ सोरुम उद्घाटन

‘चुज मी’ को दोस्रो शाखा काठमाडौँमा सञ्चालनमा

सरकार र उद्योगीबीच ग्यासको मूल्य बढाउने सहमति

बाँस सम्मेलनमा बाँसका सामग्रीहरू (तस्वीरहरू)

बास्किन रोबिन्सले गर्यो वसन्तपुरमा ३४औँ शाखाको उद्घाटन

नेपालमा पहिलोपटक ट्रान्सपोर्ट सेवालाई डिजिटल बनाउँदै ‘टिम भरिया’ एप

प्रतिक्रिया