म्यानचेस्टर सिटीको सहज जित, टोटनहम पराजित
काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलको बुधबार राति भएको खेलमा शीर्ष टोली म्यानचेस्टर सिटीले सहज जित निकाल्दा टोटनहम भने पराजित भएको छ । घरेलु मैदान इतिहादमा सिटीको १९औं जितमा रियाद मेहरेज र केभिन डि ब्रुयनले एक एक गोल गरेपछि ब्रेन्टफोर्ड २-० ले पराजित भयो ।
खेलको ४०औं मिनेटमा रियाद महारेजले पाएको पेनाल्टी सदुपयोग गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ६९औं मिनेटमा केभिन डि ब्रुयनले गोल गर्दा सिटीले सहज जित पायो । जितसँगै सिटीले शीर्ष स्थानमा २४ खेलबाट ६० अंक बनाएको छ । दोस्रो स्थानको लिभरपुलको २२ खेलबाट ४८ अंक छ । पराजित ब्रेन्टफोर्ड २३ अंक सहित १४औं स्थानमा छ ।
यता, अर्को महारथी क्लब टोटनहम रोमान्चक खेलमा साउथह्याम्पटनसंग ३-२ ले पराजित भयो । आत्माघाती गोलसंगै १-० ले पछि परेको स्थितिमा पुनरागमन गर्दै साउथह्याम्पटनले छैटौं जित निकालेको हो । भ्रमणकारी टोलीको जितमा अर्मान्डो ब्राजा, मोहम्मद र चे एडाम्सले एक एक गोल गरे । टोटनहमका लागि हिङ मीन सनले गोल गर्दा साउथह्याम्पटका जान बेडनारेकले आत्माघाती गोल गरेका थिए ।
जितसँगै साउथह्याम्पटनले २३ खेलबाट २८ अंक सहित १० औं स्थानमा उक्लिएको छ । पराजित टोटनहम भने २१ खेलबाट २६ अंक बनाउदै सातौं स्थानमा छ र छैटौं स्थानमा उक्लने मौका गुमायो ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया