पुँजीगत खर्च बढाउन शिक्षामन्त्रीको निर्देशन
काठमाडाैँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुँजीगत खर्च बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा आज मन्त्री पौडेलले सो निर्देशन दिएका हुन् ।
मन्त्रालयको पुँजीगत खर्च चिन्ताजनक रहेको भन्दै एक महिनाभित्र पुँजीगत खर्च बढाउन विभाग र महाशाखाका प्रमुखलाई मन्त्रीले निर्देशन दिए । “पुँजीगत खर्च हेर्दा चिन्ताजनक देखिएको छ”, उनले भने, “एक महिनाको अविधिमा ट्र्याकमा ल्याउनेगरी काम गरौँ, कुनै अप्ठ्यारो परे फुकाउन तयार छु ।”
साथै उनले कर्मचारीले काम गर्न खोजेको भए पनि मूर्तरूपले अघि बढ्न नसक्दा पुँजीगत खर्च कम भएकामा चिन्ता व्यक्त गरे । “प्रक्रियामा रहेका कार्यक्रम छिटो अघि बढाउन पर्यो”, मन्त्री पौडेलले भने, “घोषित निर्वाचनले काममा प्रभावित भयो भन्ने सुन्न नपरोस् ।” साथै उनले शिक्षामा बजेटको आकार बढाउने गरी कार्यक्रम तयार गर्न कार्यालयका प्रमुखलाई निर्देशन पनि दिए । “मन्त्रालयमा समस्या सिर्जना हुनु भनेको चुनौती हो”, मन्त्री पौडेलले भने, “समाधानका लागि कर्मचारीमा कार्यक्षमता र कार्यकुशलता आवश्यक पर्छ ।”
मन्त्रालयको दोस्रो त्रैमासिक प्रगति विवरणअनुसार चालूतर्फ भौतिकमा ५२ प्रतिशत, वित्तीयमा ३८.८९ प्रतिशत, पुँजीगततर्फको भौतिकमा २० प्रतिशत र वित्तीयतर्फ ३ प्रतिशत प्रगति भएको छ । यस्तै सङ्घमा ३२.७ प्रतिशत, प्रदेशमा ६४.४८ प्रतिशत र स्थानीयतर्फ २.८२ प्रतिशत प्रगति भएको छ ।

सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्समा नवप्रवर्द्धन एवं आईटी मेला

काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने

एम्बार्क अनम्याथको “उद्यमी गणित“ कार्यक्रमः शैक्षिक गणितलाई व्यवहारिक प्रयोगमा रू…

किङ्स कलेजले साउन १०–११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट विश्व निकेतन सम्मानित

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

प्रतिक्रिया