कर्णालीमा आगलागी व्यवस्थापन तालिम

सुर्खेत : कर्णालीमा आगलागी व्यवस्थापनका लागी जनशक्ति उत्पादन र परिचालनसम्बन्धि तालिम सुरु भएको छ । युएसआइडी तयार नेपालको सहयोगमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा आगलागी व्यवस्थापन सम्बन्धी ७ दिने तालिम सुरु भएको हो ।
विपद् जोखिम तथा व्यवस्थापन परियोजना अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका तथा गुर्भाकोट नगरपालिकाका फायर ब्रिगेट कर्मचारीहरुका लागि विपद् व्यवस्थापन सम्बन्धी तालिम सुरु भएको तयार नेपालका कार्यक्रम संयोजक राजेश सोनीले जानकारी दिए ।
कुनै पनि बेला आइपर्ने विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन तथा पूर्वतयारीको लागि क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले जानकारी दिए ।
तालिमले आगलागी व्यवस्थापनका लागि दक्ष जनशक्ति उत्पादन र परिचालन गर्ने उद्धेश्य राखेको छ । तालिमको सहजकर्ता सुनिता भारद्धाजले गरेकी छन् ।

‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी हुँदै

खड्गी समाज द्वारा नायः खिं बाजा बोल पुस्तक सार्वजनिक

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

प्रतिक्रिया