बीपी प्रतिष्ठानमा डा.यादवलाई उपकुलपतिको हैसियतमा काम गर्ने अधिकार

काठमाडौँ- सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. श्यामसुन्दर यादवलाई उपकुलपतिको हैसियतमा काम गर्ने जिम्मेवार दिएको छ । बुधबार बसेको मन्त्री स्तरीय बैठकले उनलाई दैनिक आर्थिक, प्रशासनिक, शैक्षिक र अन्य तोकिएका काम, कर्तव्य र अधिकारसहितको जिम्मेवार तोकेको छ ।
डा.यादवले प्रतिष्ठानको नियमावली, २०५५ को नियम ६.४ बमोजिमको कार्य गर्न पाउने छन् । आर्थिक अधिकारको प्रयोगमा यादव र महालेखा नियन्त्रकको कार्यालयबाट खटिएका अधिकृत कर्मचारीलाई संयुक्त हस्ताक्षरबाट कार्य गराउन मन्त्रालयले निर्देशन दिएको छ ।
मन्त्रीपरिषद्को बैठक पुस ३० गतेको निर्णयानुसार प्रतिष्ठान सञ्चालन गर्न कानून बमोजिम अर्को व्यवस्था नभएसम्मको लागि प्रतिष्ठान ऐन २०४९ को दफा २० क बमोजिम सहकुलपति मार्फत प्रतिष्ठानको स्वास्थ्य र अध्ययन सेवा अवरुद्ध नहोस भनेर डा. यादवलाई जिम्मेवार दिएको थियो ।
उनी प्रतिष्ठानमा प्रशासनिक र आर्थिक कारोबार गर्ने अधिकार नपाएपछि केही दिन अघि काठमाडौँ आएका थिए । कानुनी र व्यवहारिकरुपमा आर्थिक कारोबार गर्ने अधिकार नभएकाले स्वास्थ्य मन्त्रालय पुगेका थिए । माघ १० गते प्रतिष्ठानमा डा.यादवसहित कोष तथा लेखा नियन्त्रक कार्यालय सुनसरीका प्रमुख चिरञ्जिवि अधिकारी पुगेका थिए ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया