निलम्बित सहन्यायाधिवक्ता थापाविरुद्ध ६१ लाख भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन उच्च सरकारी वकिल कार्यालय, पोखराका सह-न्यायाधिवक्ता (हाल निलम्बित) सुरेन्द्र बहादुर थापाविरुद्ध लाखौंको भ्रष्टाचार गरेकाे आराेपमा मुद्दा दर्ता गरेको छ।
उच्च सरकारी वकिलको कार्यालय, पोखरामा हुँदा घुससहित रंगेहात पक्राउ परेका थापाविरुद्ध अख्तियारले ६१ लाख २ हजार रुपैयाँ भ्रष्टाचार गरेकाे आराेपमा मुद्दा दर्ता गरेको हो ।
अनुसन्धानका क्रममा थापाले उक्त रकम गैरकानूनी रुपमा आर्जन गरेको पुष्टि भएको अख्तियारको दाबी छ।
५ असार २०४५ मा सरकारी सेवामा प्रवेश गरेका थापाको गत वर्षसम्म एक करोड ७६ लाख रुपैयाँ मात्रै वैध आर्जन हुनेमा सम्पत्ति छानविन गर्दा दुई करोड ३७ लाख रुपैंया आर्जन गरेको भेटिएको अख्तियारको भनाइ छ । ६१ लाख रुपैयाँको स्रोत नखुलेको भन्दै अख्तियारले थापामाथि मुद्दा चलाएको हो ।
अख्तियारले थापाले सार्वजनिक सेवामा पदको दुरुपयोग गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी श्रीमती अन्जु खड्काको नाममा समेत राखेको पाइएको भन्दै अन्जुलाई समेत प्रतिवादी बनाइ मुद्दा दर्ता गरेको छ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया