आजदेखि नागरिक लगानी कोषको हकप्रद शेयर बिक्री खुला

काठमाडौं : नागरिक लगानी कोषले हकप्रद शेयर बिक्री खुला गरेको छ । कोषले मंगलबारदेखि ८२ दशमलव ८४ प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको हो । कम्पनीले १ बराबर शून्य दशमलव ८२८४ को अनुपातमा १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २०० बराबरको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो ।
यो हकप्रद प्रयोजनका लागि कम्पनीले पुस १४ गते एक दिन ‘बुक क्लोज’ गरेको छ । बुक क्लोजको आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले यो हकप्रद शेयर बिक्री गर्न पुस २ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डको अनुमति पाएको हो ।
कम्पनीले गत भदौ २२ गते बोर्डमा हकप्रद निष्काशनका लागि निवेदन दिएको थियो । कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । बिक्री प्रबन्धकसँगै राष्ट्रिय वाणिज्य बैंकका वीरगञ्ज, जनकपुर, चितवन, काभ्रे, बाँके, सुर्खेत, कैलाली, मकवानपुर, झापाको शाखा कार्यालय र नागरिक लगानी कोषको काठमाडौं, विराटनगर र पोखराको कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।
माघ १९ गतेसम्म बिक्रीमा रहने यो हकप्रद शेयरमा आस्बा सेवामा सहभागि सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट समेत आवेदन दिन सकिनेछ ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया