दक्षिण कोरियामा एकैदिनमा अहिलेसम्मकै धेरै ५० हजार सङ्क्रमित

दक्षिण कोरिया - दक्षिण कोरियामा कोभिडबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् । कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन फैलिन थालेपछि सङ्क्रमितहरुको सङ्ख्या अत्यधिक धेरै हुदै गएको हो ।
सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन् । देशभरी कुल ४९ हजार ५६७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको कोरिया रोग नियन्त्रण तथा न्युनिकरण विभागले जनाएको छ । यससँगै कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ११ लाख ३१ हजार २३९ पुगेको छ ।
अघिल्लो दिन भने ३६ हजार ७१९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको विवरण सार्वजनिक भएको थियो । अघिल्लो दिनभन्दा झण्डै १३ हजार बढी सङ्क्रमित भएको देखिएको छ । यसका आधारमा दैनिक सङ्क्रमितहरुको बृद्धिदर पनि अत्यधिक धेरै भएको छ ।
नयाँ सङ्क्रमित मध्ये ११ हजार ६३० जना राजधानी सोलका मात्रै रहेका छन् । कुल नयाँ सङ्क्रमित मध्ये २८५ जना गम्भीर अवस्थामा रहेका छन । जवकी अघिल्लो दिन नयाँ सङ्क्रमित मध्ये १७ जना मात्रै गम्भीर अवस्थामा रहेका थिए ।
पछिल्लो एक दिनमा दक्षिण कोरियामा २१ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने कुल मृतकको सङ्ख्या छ हजार ९४३ पुगेको छ ।

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

पाकिस्तान र इरानबाट एकै दिन सात हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

प्रतिक्रिया