पाल्पा दरबार सङ्ग्रहालयमा पर्यटकको आकर्षण
पाल्पा - गुल्मी रुरु क्षेत्र गाउँपालिका थोर्गाकी राधिका भण्डारी केही वर्षदेखि काठमाडौँमा बसोबास गर्छिन् । काठमाडौँमा बस्न थालेपछि उनले ग्रामीण क्षेत्रमा उत्पादित वस्तु तथा पुराना संरचना भुलिसकेकी थिइन् । सङ्ग्रहालयमा ऐतिहासिक सम्पदाहरू देख्दा मनै लोभ्याएको छ ।
पाल्पा दरबार सङ्ग्रहालयमा अवलोकनका लागि प्रवेश गरेपछि बालापनको सम्झना आयो । बाल्यकालमा डोको नाम्लो, हँसिया, बन्चरो, हलो, जुगा, ग्रागी ताउला तथा ऐतिहासिक वस्तुहरूको अवलोकन गर्न पाउँदा खुसी लागेको भण्डारीले बताए ।
ग्रामीण क्षेत्रमा रहेका पुराना वस्तुहरू देख्न मुस्किल भएको हो । बाउबाजेको पालाका सामग्रीहरू देखेर अहिले मनै लोभिन्छ, तस्बिरसमेत खिचेर रमाउन आतुर हुनेहरूमा कमी छैन । पाल्पा दरबार सङ्ग्रहालयको प्रदर्शनी कक्षमा यस क्षेत्रको इतिहास र संस्कृति झल्कने विभिन्न सामग्रीहरू राखिएको छ । पाल्पा दरबार २०६२ साल माघ १८ गते तत्कालीन विद्रोही नेकपा माओवादीको आक्रमणबाट क्षतिग्रस्त भएको थियो । अहिले लुम्बिनी प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत सो दरबारमा सङ्ग्रहालय सञ्चालनमा रहेको छ ।
क्षतिग्रस्त पाल्पा दरबार निर्माण पूरा भएपछि २०७२ साल मङ्सिर ३ गते पाल्पा दरबारलाई सङ्ग्रहालय स्थापना गर्ने सरकारले निर्णय गरेको थियो । सङ्ग्राहलयको विकास भएसँगै लुम्बिनी प्रदेशकै पर्यटकीय गन्तव्यका रुपमा विकास भएको तानसेनका स्थानीय बासिन्दा दिवाकर अर्यालले बताए । विस २०७३ फागुन १५ गते दरबार सङ्ग्रहालयको उद्घाटन भएको थियो । तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयको आर्थिक सहयोगमा २०७० सालमा पुरानै शैलीमा पाल्पा दरबारको पुनर्निर्माण सम्पन्न भयो । क्षतिग्रस्त हुनभन्दा अघि सो दरबारमा जिल्ला प्रशासन कार्यालय, मालपोत, सरकारी वकिलको कार्यालय र प्रमुख जिल्ला अधिकारीको निवासलगायतका संरचना रहेको थियो ।
पाल्पामा तैनाथवाला प्रतापशमशेर राणा १९८२ सालदेखि १९८९ सालसम्म निर्माण गरिएको संरचना हो, पाल्पा दरबार । प्रतापशमशेर राणाको मृत्युपछि यो दरबार प्रयोगविहीन अवस्थामा रहेको थियो । बेलायती शैलीमा बेलायती इन्जिनियरको डिजाइनमा निर्माण गरिएको पाल्पा दरबार राजा महेन्द्रले विसं २०१५ मा प्रशासनिक कार्यालयका लागि सञ्चालनमा ल्याएका थिए । पाल्पा दरबार सङ्ग्रहालयका कर्मचारी चन्द्रबहादुर ओलीका अनुसार पाल्पा दरबार सङ्ग्रहालयमा देश तथा विदेशबाट पर्यटकहरू अवलोकन गर्न आउने गरेको बताए । पहिला निकै पर्यटकहरू आउने गरेकामा अहिलो कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण यसमा केही कमी आएको उनको भनाइ छ । ऐहिासिक महत्व बोकेको पाल्पा दरबार सङ्ग्रहालय कोरोना महामारीका करण अहिले बन्द गरिएको छ ।
पाल्पा दरबार सङ्ग्रहालयभित्र बीचको तल्लामा जनजाति, थारू, मगर जातिको पहिचान झल्ने वेशभूषा रहेका छन् । माथिल्लो तल्लामा नेपाल अङ्ग्रेज युद्धमा प्रयोग भएका तोप, हातहतियार, नेपाली सैनिकका पोसाकहरू राखिएका छन् । तल्लो तल्लामा पाल्पा आसपासका क्षेत्रका तस्बिर राखिएको छ । राणाकालीन समयमा पाल्पा राजनैतिक तथा प्रशासनिक केन्द्रसमेत रहेको थियो । प्रतापशमशेर राणाले स्थापना गरेकोे पाल्पा दरबार, प्रशासनिक कार्यालय, अहिले सङ्ग्रहालयका रुपमा विकास गरिएपछि पाल्पा पर्यटकीय आकर्षण केन्द्र बनेको छ । रासस

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया