राष्ट्रिय प्रजातन्त्र दिवस : प्रचार-प्रसारको तयारी गरिँदै

काठमाडौँ - आगामी ७२औँ राष्ट्रिय प्रजातन्त्र दिवस (फागुन ७ गते) भव्यरुपमा मनाउन प्रचार-प्रसारका हिसाब सम्पूर्ण तयारी पूरा गर्ने निर्णय गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं प्रजातन्त्र दिवस प्रचारप्रसार उपसमितिका संयोजक डा बैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको बैठकले सञ्चारमाध्यमबाट विभिन्न कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको हो । प्रजातन्त्र दिवसका दिन घर, कार्यालय र मण्डलालगायतमा दिपावली गर्ने, घर–घरमा राष्ट्रिय झण्डा फहराउने तथा विद्युतीय सञ्चार माध्यमबाट जागरणसम्बन्धी गीत प्रसारण गरिने भएको छ ।
जहानिया राणा शासनबाट जनतालाई मुक्त गरी मुलुकमा तत्कालीन राजा त्रिभुवनले प्रजातन्त्र बहालीको घोषणा गरेको दिनको स्मरणमा प्रत्येक वर्ष फागुन ७ गते पर्वकैरुपमा प्रजातन्त्र दिवस मनाउने गरिएको छ ।
मुलुकमा प्रजातन्त्र स्थापनाका खातिर शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठले बलिदानी दिएका थिए । प्रजातन्त्र दिवसका अवसरमा नेपाल टेलिकमलगायतका दूरसञ्चार सेवा प्रदायक संस्थाबाट शुभकामना एसएमएस गर्ने, नेपाल टेलिभिजन र रेडियो नेपाल तथा सामुदायिक एवं निजी क्षेत्रका अन्य सञ्चार माध्यमबाट पनि प्रजातन्त्र दिवसको महत्वबारे कार्यक्रम र सामग्री प्रकाशन तथा प्रसारण गरिने छ ।
रेडियो र टेलिभिजनलगायतका सञ्चार संस्थाले प्रजातन्त्र मूल समारोहसम्बन्धी कार्यक्रमको प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाउने छन् । बैठकमा मन्त्रालयका सहसचिव, सूचना विभागका महानिर्देशक, गोरखापत्र र नेपाल टेलिभिजनका अध्यक्ष, राष्ट्रिय समाचार समिति(रासस)का महाप्रबन्धक, रेडियो नेपालका कार्यकारी निर्देशक, नेपाल टेलिकमका प्रबन्ध निर्देशक, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशकलगायत सहभागी थिए ।

आज तपाइको भाग्य कस्तो छ ? (हेर्नुहोस राशिफल)

हलेसी तुवाचुङका ११६ घर भूमिहीन र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा

आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान

महाकाली करिडोरमा पर्ने रूख कटान गरिँदै

ग्यास चुहावट भई आगलागी हुँदा १५ लाख बढीको क्षति

बुधबारदेखि हल्का वर्षाको सम्भावना, तापक्रम पनि घट्ने

प्रहरीमाथि आक्रमण गरेपछि लागुऔषध कारोबारीलाई गोली हानेर समातियो

प्रतिक्रिया