शुक्रबार १३ असार, २०८२
Friday, June 27, 2025

पहिरोमा परी तिस घाइते, बेपत्ताको खोजी कार्य जारी

कोलम्बिया - कोलम्बियाको पहिरोमा परी ३० जना घाइते भएका छन् । घाइते मध्ये केहीको अवस्था अत्यन्त गम्भीर भएको स्थानीय एक अधिकारीले जनाएको छ ।

देशको पश्चिमी क्षेत्रमा पर्ने रिसाराल्डा अन्तर्गतको डोस्क्वेब्राडासमा घटना भएको हो ।“त्यहाँ १४ जनाको मृत्यु भएको छ, अरु ३० जनाभन्दा बढी घाइते भएका छन । 

घटनास्थलबाट अरु कैयौ बेपत्ता भएको र उनीहरुको खोजी कार्य भइरहेको सरकारका सचिव अल्भारो अरियसले जानकारी दिए ।