अमेजनले ६० करोडमा किन्यो विजय देवरकोन्डाको ‘लाइगर’

काठमाडौं – साउथ सुपरस्टार विजय देवरकोन्डाको नयाँ फिल्म ‘लाइगर’लाई लिएर दर्शकमाझ छुट्टै किसिमको उत्साह छ । यही फिल्मबाट विजयले बलिउडमा पाइला चाल्दैछन् । विजयलाई हिन्दी दर्शकले फिल्म ‘अर्जुन रेड्डी’का कारण चिन्दछन् । जुन फिल्म बक्सअफिसमा सुपरहिट साबित भएको थियो ।
फिल्म ‘लाइगर’ मा विजयसँगै अभिनेत्री अनन्या पाण्डेको अभिनय छ । फिल्मको सेटबाट केही समयअघि दुवैको तस्बिर बाहिर आएको थियो । जसमा दुवैजना स्टन्ट गरिरहेको देख्न सकिन्थ्यो ।
फिल्ममा विजय र अनन्याका अलावा माइक टाइसन पनि देखिँदैछन् । माइकले केही दिनअघि फिल्मको लागि सुटिङ पूरा गरेका थिए । फिल्ममा माइकको स्पेसल केमियो हुनेछ । फिल्ममा विजयले माइकबाट प्रभावित बक्सरको भूमिका निभाउँदैछन् ।
हालैमात्र फिल्मका निर्माताले फिल्मको डिजिटल राइट अमेजन प्राइम भिडियोलाई बेचेका छन् । उनीहरूले ६० करोड रुपैंयाँमा फिल्म बिक्री गरेका हुन् । फिल्मका निर्माताहरूले ८० करोड माग गरे पनि अमेजन भने ६० करोडबाट अगाडि बढ्न चाहेन । यो फिल्म पहिला थिएटरमा रिलिज हुनेछ । त्यसपछि मात्र निर्माताले यसलाई ओटीटीमा रिलिज गर्नेछन् ।

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

‘विद्यार्थीको सङ्ख्याका आधारमा आङ्गिक शिक्षालयले कार्यक्रम सञ्चालन गर्नुपर्ने’

काठमाडौँ विश्वविद्यालयद्वारा नेसनल प्याबसनलाई प्रि-स्कुल पाठ्यक्रम हस्तान्तरण

नेसनल प्याब्सन बुढानिलकण्ठद्वारा विद्यालय सहयोगी, कर्मचारी र सुरक्षा गार्डका लाग…

गणित बोलौं ! केवल पाँच दिनमा, विद्यालयबाट गणित संग्रहालयसम्म

विद्यार्थीलाई ‘हाउस वायरिङ’ तालिम

धुलिखेलमा परामाणविक केन्द्र निर्माणको प्रक्रिया बढाइँदै, क्यान्सरको उपचारमा उपय…

प्रतिक्रिया