बुधबार २८ जेठ, २०८२
Wednesday, June 11, 2025

काठमाडौँ, सुनसरी र कास्कीमा भएका दुर्घटनामा ३ जनाको मृत्यु

फाइल फोटो

काठमाडौँ : काठमाडौंको टोखा नगरपालिका६ धापासीस्थित सडकमा बा १७ च ५०२२ नम्बरको कारको ठक्करबाट बाटोमा खेल्दै गरेका अन्दाजी ३ वर्षीय श्रीयन पाण्डेको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सुनसरी, कोशी गाउँपालिका–६ स्थित सडकमा सवारी दुर्घटनामा परी सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका(५ बस्ने ५० वर्षीय दिलिप मण्डलको मृत्यु भएको छ । उनी सवार प्र२–०१–००१ च ००३१ नम्बरको स्कारपियो सडकमा रोकी राखेको बीआर ०१ जीए ४४८३ नम्बरको ट्रकमा ठक्कर खाई ना. ७ ख ५८३ नम्बरको ट्रकमा समेत ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका दिलिपको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो । 

साथै दुर्घटनामा घाइते भएका स्कारपियोमा सवार अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै ट्रकका चालकलाई नियन्त्रणमा लिनुका साथै हाल फरार स्कारपियो चालकको प्रहरीले खोजी गरिरहेको  छ ।

कास्की, पोखरा महानगरपालिका–२५ हेम्जा भोटेक्याम्पस्थित सडकमा ग १ ज ५०५६ नम्बरको जिप र ग ६ प ८८०२ नम्बरको मटरसाइकल एक–आपसमा ठोक्किएर मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही महानगरपालिका–५ प्रस्याङ धारापानी मार्ग बस्न अन्नपूर्ण गाउँपालिका–१० धान्द्रुक घर भएका २६ वर्षीय दिपक नेपालीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही महानगरपालिका–१ बगर बस्ने गुल्मी घर भएका २२ वर्षीय सुनिल नेपालीको फिस्टेल अस्पतालमा उपचार भईरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।