साउदी अरेबिया नेतृत्वको सेनाद्धारा यमनका हुथी विद्रोहीको सैन्य शिविरमा आक्रमण

साना- साउदी नेतृत्वको गठबन्धन सेनाले यमनको उत्तरी सहर सानामा रहेको हुथीहरुको एक सैन्य शिविरमा नै आक्रमण गरेको बताइएको छ । मंगलबार अपराह्न गरिएको सो हमलामा परी हुथीहरुका केही सैनिक पनि हताहत भएको अनुमान गरिएको छ ।
साथै उनीहरुका हातहतियारहरु पनि नष्ट भएको अनुमान गरिएको छ । उता यमनी राजधानी सानामा पनि दुई दिनअघि सो सेनाले हुथीको यस्तै एक आश्रयस्थलमा हमला गरेको थियो । हुथी मिलिसियाहरुका विरुद्धमा सो सेनाका युद्धक विमानहरुले हवाई आक्रमण गरेका बताइएको छ । ती सेनाले हुथी विद्रोहीहरुले निर्माण गरेका आश्रयस्थलका साथै उनीहरुद्वारा नियन्त्रित सैन्य शिविरमा हवाई आक्रमण गरेको हुथीद्वारा सञ्चालित अल-मासिराह टिभीले जनाएको छ ।
युद्धक विमानहरुले गरेका सो आक्रमणबाट भएको क्षतिको बारेमा भने केही बताइएको छैन । यस हवाई आक्रमणबाट यमनी सहर सानाको पूर्वी क्षेत्रमा रहेको हाफा शिविर प्रभावित भएको बताइएको छ ।यस हमलाबाट भएको क्षतिको विस्तृत विवरण भने दिइएको छैन । हवाई आक्रमणपछि शहरभर शक्तिशाली विस्फोटको आवाज सुनिएको बताइएको छ ।
सो हमलामा परेर यहाँका हुथी मिलिसियाहरुले निर्माण गरेका केही आश्रयस्थल र सैन्य शिविर ध्वस्त भएका छन् । उनीहरुको पकड रहेको भनिएका केही क्षेत्रमा यी सेनाको आक्रमण विगतदेखि नै जारी रहेको थियो ।
इरान समर्थित हुथी मिलिसियाले पनि गतहप्ता यहाँ आक्रमण गरेका र सो ड्रोन आक्रमणबाट दुईवटा गुफा र चारवटा भूमिगत गोदाम ध्वस्त भएको गठबन्धन सेनाले जनाएको थियो । (सिन्ह्वा)

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

पाकिस्तान र इरानबाट एकै दिन सात हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

प्रतिक्रिया