रोमालाई पराजित गर्दै कोपाको सेमिफाइनलमा इन्टर

काठमाडौँ- इन्टर मिलान रोमालाई पराजित गर्दै कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार रातिको खेलमा इन्टरले रोमालाई २-० गोल अन्तरले पराजित गरेको हो । इन्टरको जितमा इडिन जेको र एलेक्सिस सान्चेजले १-१ गोल गरेका थिए ।
जेकोले खेलको दोस्रो मिनेटमा इभान पेरेसिकको पासमा गोल गरेका थिए । सान्चेजले ६८औं मिनेट अग्रता दोब्बर बनाए ।
पराजितसँगै जोसे माउरिन्होको रोमा बाहिरिएको छ ।
अब इन्टरले एसि मिलान र लाजियोमध्ये एउटासँग सेमिफाइनलमा भेट गर्नेछ । सिमोन इन्जाघिको इन्टर यस सिजन तीन उपाधि नजिक छ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया