भारतमा १५ देखि १८ बर्षका पाँच करोडले लगाए पहिलो खोप

नयाँ दिल्ली- भारतमा १५ देखि १८ बर्षसम्मका पाँच करोडभन्दा बढीले कोरोनाभाइरस विरुद्धको पहिलो खोप लगाएका छन् ।
ती ठूलो मात्रामा खोप लगाएकाहरुको सङ्ख्या देखिएकाले अव कोरोनाभाइरस विरुद्ध लड्न सजिलो हुने देखिएको अधिकारीहरूले जनाएका छन् ।
उनीहरुले यसलाई ठूलो उपलब्धीका रुपमा व्याख्या गर्दै खोप लगाउन अन्य व्यक्तिसमेतलाई अनुरोध गरेका छन् ।
भारतमा अहिलेसम्म कुल झण्डै सय ७० करोड मानिसले कोरोना भाइरसविरुद्धको खोप लगाएको अधिकारीहरूले जानकारी दिएका छन् ।
संघीय स्वास्थ्य मन्त्रालयले देशभरी एक करोड ६७ लाख ८०० भन्दा बढी खोप प्रदेश तथा राज्य सरकारहरुलाई हस्तान्तरण गरिएको जनाएको छ ।
भातरमा सन् २०२१ को जनवरी १६ देखि कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान सुरु भएको हो । (एएनआई)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया