निरौला, सिंह र खनाल सचिव बढुवामा सिफारिस
काठमाडौं : लोकसेवा आयोगको बढुवा समितिले तीनजना सहसचिवलाई सचिवमा बढुवा गर्न सिफारिस गरेको छ । अर्थ सचिव शिशिरकुमार ढुंगाना गत माघ १९ गते निवृत्त भएपछि आयोगले सहसचिवहरु मुकुन्द निरौला, विनोदप्रकाश सिंह र गोपीकृष्ण खनाललाई सिफारिस गरेको हो ।
एक सचिव पदका लागि आयोगले तीजना सिफारिस गर्नुपर्ने नियम छ । सिफारिसमा परेकामध्ये एकजनालाई मन्त्रिपरिषद्ले सचिवमा नियुक्त गर्नेछ । आयोग स्रोतका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मंगलबार बसेको बढुवा समितिको बैठकले उक्त सिफारिस गरेको हो । बढुवा समितिमा लोकसेवा आयोगका अध्यक्ष, लोक सेवा आयोगका सदस्य, मुख्य सचिव, सामान्य प्रशासनका सचिव र एकजना विज्ञ सदस्य हुन्छन् ।
सिफारिस परेकामध्ये निरौला हाल गृह मन्त्रालयका सहसचिवका रुपमा कार्यरत छन् । सरकारले निरौलालाई सचिव पदमा बढुवा गरेमा उनको कार्यकाल पूरा अवधिको हुनेछ । त्यस्तै गरी सहसचिव सिंहको निवृत्ति २०८२ सालको जेठ १ गते र खनालको २०८२ साल फागुन २४ गते हुनेछ ।
सिफारिसमा परेका सिंह हाल सञ्चार तथा सूचना प्रविधि र खनाल सामान्य प्रशासन मन्त्रालयमा कार्यरत छन् । यसैगरी प्रशासनतर्फ महिला बालबालका तथा ज्येष्ठ नागरिक मन्त्रालयका कार्यरत सचिव यामकुमारी खतिवडाको निवृत्ति आगामी जेठ ९ गते हुनेछ । त्यसयता प्रशासनतर्फको सचिव पद रिक्त हुने छैन ।

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

मुलुकको अर्थतन्त्र सुधार हुँदैछ, निराश हुनुपर्दैनः अर्थमन्त्री पौडेल

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

मुलुकको अर्थतन्त्र चालु बर्षमा ४ खर्बले बढयो, पुग्यो ६१ खर्ब

परराष्ट्र मन्त्रालयले भन्यो– ‘स्पेनबाट सबै फर्किएका छन्, भ्रममा नपरौँ’

प्रतिक्रिया