स्रोत नखुलेको ३७ लाख नगदसहित एक पक्राउ

काठमाडौं : प्रहरीले स्रोत नखुलेको रु ३७ लाख नगदसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले चितवनबाट काठमाडौँ आउँदै गरेको बा३ख ९१३९ नंको हाइस गाडीमा चितवन माडीका २६ वर्षीय रामकुमार गुरुङलाई सोमबार पक्राउ गरेको हो । झोलामा लुकाएर ल्याएको नगद र चेकबुकसहित गुरुङलाई पक्राउ गरेको हो ।
पक्राउ गुरुङसँग प्रहरीले रु ३७ लाख नगद, रु सात लाख ११ हजारको ग्लोबल आइएमई बैंकको एक थान चेक बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पक्राउ परेका गुरुङसँग प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मण्डनदेउपुरका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन न…
कृषि अनुसन्धानः मनहरीमा चैतेधान परीक्षण

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

यातायात कार्यालयद्वारा ४५ करोड राजस्व संकलन

राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै

काभ्रे–कोशीपूर्वको सडक १५ वर्षपछि पक्की

प्रतिक्रिया