नेकपालाई मत दिएर जनताले ठूलो गल्ती गरे : महतो

जनकपुधाम : जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले भने नेकपालाई मत दिएर नेपाली जनताले ठूलो गलती गरेको बताएका छन् । महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले गैर संवैधानिक र अलोकतान्त्रिक तरिकाले गरेको प्रतिनिधि सभा विघटन निरंकुश तानाशाह प्रवृति भएको बताए ।
पार्टीले जनकपुरमा गरेको विरोध प्रदर्शनमा महतोले प्रतिनिधि सभा हठातमा विघटन गर्ने ओलीलाई समयमै ठेकान नगए मुलुक झन दुर्घटनामा फंस्न सक्ने बताए ।
कार्यक्रममा नेता शरतसिंह भण्डारीले ओली बेइमानभन्दा सन्की विमारीबाट ग्रस्त व्यक्ति भएको बताए । ओलीले कुनै बेला संघीयता समाप्त पारेर मुलुकलाई दुर्घटनामा धकेल्न सक्ने भन्दै भण्डारीले उनलाई ठेगान लगाउन संघर्ष जरूरी रहेको बताए ।

संविधानअनुसार सङ्घीयता कार्यान्वयन गरिनुपर्नेमा कार्यवाह प्रधानमन्त्री सिंहको जोड

माओवादी पार्टी एक भयोः अध्यक्ष प्रचण्ड

प्रधानमन्त्री ओली दुबईमा

प्रतिनिधिसभाको बैठक आज बस्ने

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रम मात्रैः कानुनमन्त्री चौरसिया

प्रतिक्रिया