बुधबार २८ जेठ, २०८२
Wednesday, June 11, 2025

प्राविधिक विद्यालयलाई बस हस्तान्तरण

काठमाडौँ- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लाई नौ वटा बस प्रदान गरिएको छ।

युरोपेली आयोग र ब्रिटिश काउन्सिलको सहकार्यमा ‘दक्षता’ नामक ‘टिभेट प्राक्टिकल पार्टनरसिप’ परियोजनाका प्रमुख एरिक विन्तर—श्मीटले परिषद्का सदस्यसचिव जीवनारायण काफ्लेलाई आज बस प्रदान गरे।

प्रोत्साहन परियोजनाले सहयोग गरेका विद्यालयलाई ती बस हस्तान्तरण गरिएको जनाइएको छ।