अहिलेको प्राथमिकता महाधिवेशनभन्दा निर्वाचनको तयारी : निधि
जनकपुरधाम : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पाटीको महाधिवेशनभन्दा राष्ट्रिय निर्वाचनको तयारी प्राथमिकताको विषय रहेको बताएका छन् ।सोमबार जनकपुरमा जिल्ला स्तरीय कार्यकर्ता भेलामा उपसभापति निधिले कार्यकर्तालाई महाधिवेशनको तयारी थाती राखेर निर्वाचनको तयारीमा लाग्न निर्देशन दिए ।
उनले भने 'पार्टीले यस अघि १४औँ महाधिवेशनका लागि गरेको तयारी अहिलेलाई थाती राखेर राष्ट्रिय निर्वाचनमा लाग्ने पहिलो प्राथमिकता हुन्छ । सोही अनुरूप सबै तयारीमा जुट्नु होला ।'
उपसभापति निधिले प्रतिनिधि सभा पुनर्स्थापना भएपनि नभएपनि राष्ट्रिय निर्वाचनको तयारीमै लाग्नु अहिलेका लागि उचित हुने बताए । ‘म आफै पनि महाधिवेशनको तयारीमा लागेको थिए तर अहिले प्राथमिकता बदलिएको छ,' निधिले भने ।
उनले अहिले चुनाव भयो भने चुनावमा भाग नलिने भन्नु अनुचित हुने बताए । उनले भने ‘यसको अर्थ यो होइन कि संसद पुनर्स्थापना हुनु हुँदैन । तर लोकतान्त्रिक प्रक्रिया निर्वाचनबाट पनि डराउनु हुँदैन, सोही अनुरुप पार्टी अघि बढ्छ ।'

संविधानअनुसार सङ्घीयता कार्यान्वयन गरिनुपर्नेमा कार्यवाह प्रधानमन्त्री सिंहको जोड

माओवादी पार्टी एक भयोः अध्यक्ष प्रचण्ड

प्रधानमन्त्री ओली दुबईमा

प्रतिनिधिसभाको बैठक आज बस्ने

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रम मात्रैः कानुनमन्त्री चौरसिया

प्रतिक्रिया