अन्तर्राष्ट्रिय रेडक्रसका महासचिव श्रीलंका प्रस्थान

काठमाडौँ-रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी)का महासचिव जगन्नाथ चापागाईं नेपाल भ्रमण पूरा गरी आज श्रीलंकातर्फ प्रस्थान गरे ।
उनले १ फेब्रुअरी २०२० देखि आइएफआरसीको महासचिवको जिम्मेवारी सम्हालेका थिए । सो जिम्मेवारी सम्हालेपछि उनी पहिलो नेपाल भ्रमणमा आएका हुन् । यही माघ १८ गते नेपाल आएका उनले भ्रमणका क्रममा यहाँस्थित नेपाल रेडक्रस र आइएफआरसीका गतिविधिका बारेमा जानकारी लिएका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग महासचिव चापागाईंले भ्रमणका क्रममा भेटवार्ता गरेका थिए । यसैगरी सभामुख अग्निप्रसाद सापकोटा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीसँग पनि महासचिव चापागाईंले अलग–अलग भेटवार्ता गरेका थिए । ती भेटवार्तामा आफूले नेपालमा रेडक्रस कानुन बनाउन आग्रह गरेको महाचिव चापागाईंले जानकारी दिए ।
भेटमा उनीहरूबीच कोभिड–१९ विरुद्धको खोप, मानवीय सेवाका सहयोग र रेडक्रस कानुनका विषयमा कुराकानी भएको थियो । यसैगरी सभामुख अग्निप्रसाद सापकोटा, परराष्ट्रमन्त्री डा नारायण खड्का र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीसँग पनि महासचिव चापागाईंले अलग–अलग भेटवार्ता गरेका थिए । ती भेटवार्तामा आफूले नेपालमा रेडक्रस कानुन बनाउन आग्रह गरेको महाचिव चापागाईंले जानकारी दिए । रासस

दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

आज तपाइको भाग्य कस्तो छ ? (हेर्नुहोस राशिफल)

हलेसी तुवाचुङका ११६ घर भूमिहीन र अव्यवस्थित बसोवासीलाई जग्गाको निस्सा

आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान

महाकाली करिडोरमा पर्ने रूख कटान गरिँदै

ग्यास चुहावट भई आगलागी हुँदा १५ लाख बढीको क्षति

बुधबारदेखि हल्का वर्षाको सम्भावना, तापक्रम पनि घट्ने

प्रतिक्रिया