पाैडी खेल्ने क्रममा बेपत्ता तामाङको शव १० दिनपछि फेला

उदयपुर- उदयपुरको कटारी नगरपालिका-४ कटारी बजारका २७ वर्षीय रवीन तामाङको शव फेला परेको छ ।
सुनकोसी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तामाङको शव घटनास्थलबाट करिब १६ किलोमिटर तल कटारी नगरपालिका- १४ घुर्मी नजिक फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बवदप्रसाद गौतमले जानकारी दिए ।
गत १५ माघमा सिन्धुलीको फिक्कल गाउँपालिका-४ खार्साङस्थित सुनकोसी नदीमा पौडी खेल्ने क्रममा रवीन बेपत्ता भएका थिए । इलाका प्रहरी कार्यालय कटारीकाे टोलीले खोजतलास गर्ने क्रममा आज उनकाे फेला पारेकाे हाे । शव कानुनी प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाइएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया