मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

काठमाडौं महानगरको नगर सभा सुरु

काठमाडौँ : काठमाडौं महानगरपालिका नगर सभाको आठौं अधिवेशन आज (सोमबार)बाट शुरु भएको छ । अधिवेशनमा तीन विधेयक पेस भएका छन् । बैठकमा ‘काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्न बनेको विधेयक २०७७’, ‘काठमाडौं महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन विधेयक २०७७’ र ‘काठमाडौं महानगरपालिका संस्था दर्ता तथा नियमन सम्बन्धी विधेयक २०७७’ पेस भएका हुन् ।  

विभागीय प्रमुखहरु हरिकुमार श्रेष्ठ, हरिबहादुर भण्डारी र दीपक अधिकारीले विधेयकहरु प्रस्तुत गरेका हुन् । यी विधेयकहरू आगामी माघ ७ गतेको बैठकमा निर्णयका लागि पेस हुने महानगरपालिकाले बताएको छ । पुस २४ गते बसेको महानगरको ५५ औं कार्यपालिका बैठकले आठौं अधिवेसनमा प्रस्तुत हुने प्रस्ताव स्वीकृत गरेको थियो ।
 
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सुरु भएको बैठकमा चालु आर्थिक बर्षको ५९ वटा कार्यक्रममा संशोधन प्रस्ताव गरिएको छ । यसरी प्रस्ताव गरिएका कार्यक्रमहरूमा निःशुल्क वितरणका लागि औषधि खरिद, सार्वजनिक सम्पत्तिको मर्मत तथा संरक्षण, स्वास्थ्य उपकरण खरिद, मठमन्दिर, गुठीघर, देवता घरजस्ता सांस्कृतिक संरचनाको पुननिर्माण, मर्मत सम्भार तथा सौन्दर्य बढाउने, सडक स्तरोन्‍नति गर्ने, ढल तथा मंगाल निर्माण गर्ने काम रहेका छन् । 

त्यस्तै सरकारी र सामुदायिक अस्पतालहरूसँग सहकार्य, यातायात तथा सुरक्षा व्यवस्थापन नगर साझेदारी कार्यक्रमलगायत छन् । त्यस्तै सार्वजनिक भवनको कम्पाउण्ड सुधार (नो कम्पाउण्ड), दमकल खरिद, नयाँ सडक क्षेत्रमा फुटपाथ निर्माण तथा स्तरोन्‍नतिलगायत कार्यक्रम छन् ।
 
सातौ नगर सभाबाट स्वीकृत कार्यक्रममध्ये केही कार्यक्रमको शीर्षक मिलाउनु पर्ने, केहीको स्रोत सुनिश्‍चित गर्नुपर्ने, कार्यान्वयनमा आउन नसक्ने कार्यक्रमलाई कार्यान्वयन गर्न सकिने योजनामा परिवर्तन गर्नु पर्ने भएकोले बजेट संशोधन प्रस्ताव पनि गरिएको महानगरपालिकाले जनाएको छ । आजको सभामा उपाध्यक्ष एवं उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, सभाका सचिव एवं प्रमुख प्रशासकीय अधिकृत राजेश्‍वर ज्ञवाली, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्‍नेतसहित नगर सभा सदस्यहरू सहभागी थिए । 

राजनीतिक प्रतिशोधका घटना नरोकिए सधैं चुप लागेर बस्दैनौँः सांसद झा

राजनीतिक प्रतिशोधका घटना नरोकिए सधैं चुप लागेर बस्दैनौँः सांसद झा

रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्दैनः प्रमुख सचेतक शाही

रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्दैनः प्रमुख सचेतक शाही

नीति तथा कार्यक्रममा राष्ट्र निर्माणको लागि दृढ संकल्प आउन सकेनः सचिव पौडेल

नीति तथा कार्यक्रममा राष्ट्र निर्माणको लागि दृढ संकल्प आउन सकेनः सचिव पौडेल

नीति तथा कार्यक्रमले सरकारको लय, चरित्र र सामर्थ्य स्पष्ट पारिदियोः उपसभापति वाग्ले

नीति तथा कार्यक्रमले सरकारको लय, चरित्र र सामर्थ्य स्पष्ट पारिदियोः उपसभापति वा…

नेपालमा स्वास्थ्य जनशक्तिको अभाव छैनः स्वास्थ्यमन्त्री पौडेल

नेपालमा स्वास्थ्य जनशक्तिको अभाव छैनः स्वास्थ्यमन्त्री पौडेल

चिकित्सकहरू विदेशिने क्रम बढ्नु चिन्ताको विषयः राष्ट्रपति पौडेल

चिकित्सकहरू विदेशिने क्रम बढ्नु चिन्ताको विषयः राष्ट्रपति पौडेल

प्रचण्डलाई योगेश भट्टराईको प्रश्नः प्रधानसेनापति हटाउनेले सहसचिव हटाउँदा मुटुमै गोली लागेको जस्तो किन ?

प्रचण्डलाई योगेश भट्टराईको प्रश्नः प्रधानसेनापति हटाउनेले सहसचिव हटाउँदा मुटुम…

संविधान संशोधन गर्न सर्वदलीय समिति गठन गरौँः काँग्रेस उपसभापति गुरुङ

संविधान संशोधन गर्न सर्वदलीय समिति गठन गरौँः काँग्रेस उपसभापति गुरुङ