गैँडाको खाग चोरी गरेको मुद्दामा फरार अभियुक्त २३ वर्षपछि पक्राउ

चितवन - गैँडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–२ बस्ने ५८ वर्षीय कृष्णप्रसाद न्यौपाने रहेका छन् । न्यौपानेलाई विसं २०५७ माघ २५ गते गैँडा मारी खाग तस्करी गरेको अभियोगमा १० वर्ष कैद र रु एक लाख जरिवाना तोकेको थियो । उनलाई यही माघ ७ गते पक्राउ गरी सोमबार सार्वजनिक गरिएको हो । विभिन्न स्थानमा लुकीछिपी बसेको अवस्थामा काठमाडौँको तारकेश्वर नगरपालिका–७ फुटुङ्गबाट पक्राउ गरिएको हो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पक्राउ परेका न्यौपानेलाई पक्राउ परेसँग्र कोभिड–१९ सङ्क्रमण देखिएको थियो । कोभिड सङ्क्रमण नेगेटिभ आएसँगै उनलाई कारागार कार्यालय भरतपुर पठाइएको उहाँले जानकारी दिए । विसं २०५५ कात्तिक २८ गते निकुञ्जको अमृते पोष्टबाट करिब एक दशमलव पाँच किलोमिटर पूर्व खाडलमा पारी गैँडा मारी खाग तस्कर गरेको अभियोेग उनमा लागेको थियो । सो घटनामा १२ जना आरोपित भएका थिए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया