इमरान खानले फेब्रुअरीमा रुसको भ्रमण गर्ने सम्भावना

पाकिस्तान - पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यस महिनामा रुसको भ्रमण गर्ने सम्भावना रहेको छ । सो भ्रमण भयो भने २३ वर्षपछि पाकिस्तानी प्रधानमन्त्रीको रुसको भ्रमण हुने स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा रुसको यो भ्रमण हुन लागेको एआरवाई न्युजले जनाएको छ । यस भ्रमणका क्रममा इमरान खानसँग उनको मन्त्रिपरिषद्का मन्त्रीहरूको उच्चस्तरीय प्रतिनिधिमण्डल पनि संलग्न हुनेछ । मार्च १९९९ मा, तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले रुसको भ्रमण गरेका थिए।
गत महिना मस्को र इस्लामाबादले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको यस वर्षको भ्रमणको योजनालाई अन्तिम रूप दिन वार्ता गरिरहेको रिपोर्ट आएपछि यो कुरा बाहिर आएको हो।
इमरान खानले पुटिनलाई औपचारिक निमन्त्रणा गरिसकेको एक्सप्रेस ट्रिब्युन अखबारले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । पाकिस्तानी अखबारले पुटिनको भ्रमण विगत दुई वर्षदेखि छलफलमा रहेको तर कोभिड–१९ महामारीलगायत विभिन्न कारणले कार्यान्वयन हुन नसकेको बताएको छ ।

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

पाकिस्तान र इरानबाट एकै दिन सात हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

प्रतिक्रिया