१२ करोडको राजस्व छलेकाे आराेप चार जनाविरुद्ध मुद्दा दायर

काठमाडाैँ – राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा विभिन्न चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । विभागले राजस्व चुहावटसम्बन्धी मुद्दा दायर गरेकाहरूमा सुनसरी धरान उपमहानगरपालिका– १० का उत्तमकुमार ताम्राकार र सोही उपमहानगरपालिका–२ का चन्द्रेश्वरी ताम्राकार विरुद्ध मुद्दा दायर गरेको छ ।
यस्तै, सोही उपमहानगरपालिका–५ का अनुप ताम्राकार र वडा नं ६ का निर्मलकुमार ताम्राकारविरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा दायर गरिएको छ । उनीहरूमाथि बिना बिलबिजक, गैर कर बिजकबाट माल वस्तुको कारोबार गरी प्रचलित मूल्य अभिवृद्धिकर ऐन तथा आयकर ऐन विरुद्धको गतिविधि गरेको आरोप लागेको छ ।
विभागले उनीहरूविरुद्ध रु १२ करोड १९ लाख ४० हजार ६४३ बराबरको बिगो दाबी गरेको छ । विभागले यही २० माघमा मुद्दा दायर गरेको भए पनि आज प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया