सडक दुर्घटनामा मलेसियामा नेपाली युवकको मृत्यु

काठमाडाैँ – वैदेशिक रोजगारीका लागि मलेसियाको जोहार बरुमा रहेका शुक्लाफाँटा नगरपालिका–१२ दुवाहाका अन्दाजी २५ वर्षीय राजेन्द्रबहादुर चौधरीको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।
नौ दिनअघि मोटरसाइकलमा जाँदै गरेका चौधरीको दुर्घटनामा परेर मृत्यु भएको हो । मृतकको शव जोहारको अस्पतालमा राखिएको छ । चौधरी मलेसियाको मेट्रोनिक इन्डस्ट्रिज एसडिएम डिएसडी जोहार बरुमा छ वर्षदेखि कार्यरत थिए । उनी अविवाहित थिए ।
“काकाको छोरोका विवाहका लागि केही दिनमै घर आउँदै छु । केही सामानसमेत खरिद गरेको छु भनेर मलेसियाबाट राजेन्द्रले फोनमा कुरा गरेको थियो”, मृतकका छिमेकी बुद्धिराम चौधरीले भने, “फोनमा कुरा भएको केही दिनमै मृत्युको खबर सुनेका छौँ ।”
पूरै परिवार र छिमेकी मृत्युको खबर सुनेपछि शोकमग्न भएको उनले बताए । मृतकको शव नेपाल ल्याउनका लागि मलेसिया काममा पठाउने दिपप्रोटेड मेनपावर कम्पनी, श्रमविभाग र राजदूतावासमा पहल भइरहेको चौधरीले बताए ।

अष्ट्रेलियाको आर्बन नेपाली समुदाय र आर्वन प्रहरी एरिया कमान्डबीच सुरक्षा सहकार्य…

एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी दिएका किरोज, कस्तो थियो उपाध्यक्ष हुँदाक…

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

प्रतिक्रिया