धितोपत्र बोर्ड अध्यक्षका लागि पहिलो चरणमा पाँच जना छनोट

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष छनोटका लागि सिफारिस समितिले पहिलो चरणमा उत्कृष्ट पाँच जना छनोट गरेको छ । सोमबार बसेको सिफारिस समितिको बैठकले १५ जनाको आवेदन परेकोमा पाँच जनाको छनोट गरेको हो ।
छनोट भएका पाँच जनाबाट सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्ने छ । तीमध्येबाट एक जनालाई सरकारले बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।
उत्कृष्ट पाँच जनामा निरज गिरी, गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, रमेशकुमार हमाल र कृष्णराज पोखरेल छनोट भएका छन् । उनीहरूसहित मुक्ति अर्याल, रमेश घिमिरे, चिरन्जिवी चापागाईं, नवराज अधिकारी, अम्बिका शर्मा लामिछाने, जीवन अंगाईं, सिताराम थपलिया, केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल र हेमन्त बस्यालले आवेदन दिएका थिए ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

प्रभुले थप्यो एयरवस एच १२५ हेलिकोप्टर

सुनको मूल्य घट्यो

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

क्लासिक टेकले व्यवसायवर्ग लाइ सार्वजनिक गर्यो,1Gbps Enterprise – Pro इन्टरनेट …
नेतालाई गभर्नर बनाएको भन्दै विश्वनाथ पौडेलविरूद्ध सर्वोच्चमा रिट दर्ता, बुधबार …

कतिमा करोबार हुँदैछ आज विदेशी मुद्रा ?

प्रतिक्रिया