‘थिंक ट्यांक २०२०’ भर्चुअल सम्मेलनमा राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिना सहभागी

काठमाडौँ- युनिभर्सल पिस फेडेरेसनद्वारा आयोजित विश्व शान्ति र कोरियाली प्रायद्विपको पुनः एकीकरण विषयक तीन दिने भर्चुअल सम्मेलन सम्पन्न भएको छ ।
भर्चुअल सेमिनारमा एसिया प्रशान्त र विश्वभरबाट लगभग ४ हजार ५०० जनाले दर्ता गरेका थिए र सहभागीहरू २ लाख २० हजार भन्दा बढीले लाइभ–स्ट्रिम र सामाजिक संजालबाट भाग लिएको आयोजकले जनाएको छ ।
युपीएफ कोरियाली प्रायद्वीपमा र विश्वमा शान्ति निर्माणको लागि अद्वितीय अभिन्न रुपमा छ । युपीएफका संस्थापक, स्वर्गीय डा. सन म्योङ्ग मुन र उनकी धर्मपत्नी श्रीमती डा.हाक जा हान मुन, दुबै उत्तर कोरियामा जन्मिएर दक्षिण कोरिया आएकाे र एउटा बहुपक्षीय, वैश्विक शान्ति संजाल स्थापना गरे जसले १६० राष्ट्रहरूमा कार्यक्रमहरू आयोजना गर्दछ ।
युपीएफको अन्तर्राष्ट्रिय मुख्यालय दक्षिण कोरियामा छ । राष्ट्रप्रमुख, सांसद, महिला नेतृ , सबै धर्मका धार्मिक नेतृत्वहरू, मिडिया व्यक्तित्वहरू, व्यवसायिक उद्यमीहरू, एकेडेमीसियन कलाकारहरू र युवाहरू सबै क्षेत्रमा काम गर्दै आएको छ ।
मुनले हालसालै युपीएफको उत्कृष्ट छवि र यसका शान्ति राजदूतहरूको अन्तर्राष्ट्रिय संजालको प्रयोग गरेर कोरियाली प्रायद्वीपलाई पुनर्मिलन गर्न नयाँ प्रयास सुरु गरेका छन् ।
युपीएफका एसिया प्रशान्त अध्यक्ष एवम् पुर्वमन्त्री एकनाथ ढकालले 'विश्व शान्ति सम्पूर्ण मानवको सपना हो जातजाति, भाषा, राष्ट्रियता, धर्म र दर्शनको माध्यमबाट विश्व टुक्राटुक्रा भएको हुनाले अबको पुस्ताले यी विभाजनभन्दा माथि उठ्न सकेको खण्डमा कोरियाली प्रायद्विपको एकीकरण र विश्व शान्ति हाम्रै जीवनकालमा संम्भव रहेको बताए ।
विश्व शान्ति परिवार संघ एसिया प्रशान्त १ का अध्यक्ष डेमियन डंक्लीले मुनको सपना विश्वमा शान्ति स्थापना गर्नु भएकाले सम्पूर्ण मानवजातिले उहाँको सपना साकार पार्न आ-आफ्नो क्षेत्रबाट योगदान पुर्याउनुपर्ने बताए ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, युपिएफका अन्तर्राष्ट्रिय अध्यक्ष डा.थोमस जि. वाल्स, भारतीय आम आदमि पार्टीका नेता अजय दतलगायतले आफ्नो धारणा प्रस्तुत गरेका थिए।
तीन दिने सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञहरु सहभागी थिए। जसमा सांसद ,महिला नेत्रीहरू, व्याबसायी, विश्वासमा आधारित संगठनहरू, नागरिकसमाज , शिक्षाविद , मिडिया संस्कृति र खेलकुद, साथै युवाहरुको सहभागिता रहेको थियो ।
सम्मेलनमा पूर्व राष्ट्रप्रमुख, प्रथम महिला, संसदका सदस्य र सरकारी मन्त्रीहरू सम्मिलित थिए। सम्मेलनमा ३८ राष्ट्रहरूको प्रतिनिधिहरु सहभागी थिए सम्मेलनलाई आठ भाषाहरूमा एक साथ अनुवाद गरिएको थियो ।
युपिएफले दक्षिण कोरियाको राजधानी सियोलमा आयोजना गर्न लागेको ’विश्व शिखर सम्मेलन’को पुर्वसन्ध्यामा आयोजना भएको यो समारोहलाई महत्वको साथ हेरिएको छ । कम्बोडियाका प्रधानमन्त्री सामदेक हुनसेन र युएनका पुर्व महासचिव बान कि मुनको समेत सहभागितामा यहि ११–१४ फेबुअरी २०२२ मा दक्षिण कारिएको राजधानी सियोलमा विश्व शिखर सम्मेलन हुँदैछ ।
आयोजकले उक्त विश्व शिखर सम्मेलनमा दुई लाख मानिसले प्रत्यक्ष सहभागिता जनाउने र दस लाख भन्दा बढिले अनलाइनमार्फत सहभागिता जनाउने आयोजकले बताएका छन् ।
सेमिनारमा ‘थिंक ट्यांक २०२०’ को निरन्तरताको रुपमा भएको थियो । जसको उद्देश्य सात दशकदेखि विभाजित कोरियाली प्रायद्विपका दुई राष्ट्र उत्तर र दक्षिण कोरियाको एकीकरण र विश्व शान्ति स्थापना गर्नु हो ।
यस वर्ष वर्षाले २० लाख मानिस प्रभावित हुने, १० प्रतिशतलाई राहत र उद्धार गर्नुप…

नेपालमा ८६ हजार ८०९ जना यौन श्रमिक

राशिफलमा यस्तो छ तपाईंको भाग्य

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

प्रतिक्रिया