राष्ट्र बचाउन वृहद मोर्चा निर्माण गर्नुपर्छ : शर्मा

सुर्खेत : नेकपा (दाहाल-नेपाल समूह) स्थायी समिति सदस्य जनार्दन शर्माले जनताले संयुक्त मोर्चा निर्माण गरेर राष्ट्रलाई बचाउने जिम्मेवारी लिनुपर्ने बताएका छन् । सोमबार सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारसँग शर्माले अहिलेको मुख्य आवश्यकता वृहत मोर्चा निर्माण गरेर अघि बढ्नु रहेको बताए ।
‘राष्टिय मोर्चा बनाएर अघि बढ्नको लागि आव्हान गर्दछु’ शर्माले भने, ‘हिजो आन्दोलनबाट प्राप्त उपलब्धीको स्वमित्व सिमीत वर्गको हातमा छ यो सबै वर्गमा समान हुन जरुरी छ ।’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदमले मुलुकलाई अध्याँरोतिर धकेलेको टिप्पणी गरे । प्रधानमन्त्री ओलीले संविधानमै नभएको धारा प्रयोग गरेर प्रतिनिधि सभा विघटन गरेको शर्माले आरोप लगाए । प्रधानमन्त्रीले मनलाग्दी गरेको र अब त्यसविरुध्द लड्नुको विकल्प नरहेको शर्माले बताए ।
दुई पार्टीबीच एकता गर्नु सही कदम भए पनि अहिले प्रधानमन्त्रीले भ्रम छरेको बताए । ‘उहाँहरूले गठन गरेको पार्टी निर्वाचन आयोगले अस्वीकार गरिसक्यो ’ उनले भने, ‘त्यसैले केन्द्रमा नेकपा एउटै पार्टी छ ।’
कर्णाली प्रदेशका पार्टी इन्चार्ज शर्माले कर्णाली सरकार गठन गर्दा गम्भीर त्रुटि भएको बताएका छन् । उनले कर्णाली सरकारमा जनसंख्याअनुसार दलित समुदायको प्रतिनिधित्व गराउन नसकेको बताए । सहभागीता गराउन पहल गर्दै आएको उनको भनाइ छ । मुख्यमन्त्रीलाई सहज रुपमा काम गर्ने वातावरणको सिर्जना गर्ने गरी कर्णाली सरकार पुर्नगठन गर्ने नेता शर्माले बताए ।

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

योग्यताका आधारमा प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न माग

भ्रष्टाचार गरेको प्रमाण दिए जस्तोसुकै बलिदान दिन तयार छुः अध्यक्ष नेपाल

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

प्रतिक्रिया