गल गाडोटको फिल्म कुवेतमा प्रतिबन्ध

कुवेत- इजरायली अभिनेत्री गल गाडोटको नयाँ फिल्म ‘डेथ अन अ नाइल’ कुवेतमा प्रतिबन्धमा परेको छ । अरबमा हलिउड फिल्म प्रतिबन्ध हुने शृंखला लामो छ । साना साना निहुँमा पनि अरब देशले फिल्ममा प्रतिबन्ध लाउने गरेका छन् तर यो पटक भने कुवेतले फिल्मको विषयलाई लिएर हैन कलाकारको कुरालाई लिएर फिल्म प्रदर्शन नगराउने निर्णय लिएको हो ।
विदेशी समाचारमा उल्लेख भएअनुसार गल गेडोटका कारण कुवेतले यो फिल्ममा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । सन् २०१४ मा इजरायल र कुवेतबीचको तनावमा गल गाडोटले इजरायली सेनाको पक्ष लिएकी थिइन् । योबाहेक गाजामा भएको युद्धमा पनि उनले सेनाको वकालत गरेकी थिइन् ।
हमासमाथि उनले गरेको टिप्पणीले पनि कुवतीलाई चिढ्याएको थियो । यिनै कारण देखाउँदै कुवेतीले उनको फिल्म देशमा प्रदर्शनमा रोक लगाएका हुन् । कुवेत इजरायलसँग राम्रो सम्बन्ध भएका हरेक मानिसका विपक्षमा रहने गरेको छ । गल गडोटको फिल्म कुवेतमा प्रतिबन्ध परेको पहिलो अवसर भने होइन । गडोटको ‘वन्डर वुमन’ पनि कुवेतसँगै अन्य अरबी राष्ट्रमा प्रतिबन्धमा परेको थियो ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया