मेची–महाकाली खेल जागरण अभियान गरिने

काठमाडौं– नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघले कोभिडका कारण रोकिएको ‘मेची–महाकाली खेल जागरण अभियान’ सुरु गर्ने भएको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले कोभिडका कारण रोकिएको मेची–महाकाली खेल जागरण अभियान सुुरु गर्ने जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै महासंघका संयोजक कृष्ण (पर्शुराम) बस्नेतले गत माघ २३ गते बसेको महासंघको सातौँ केन्द्रीय पदाधिकारी बैठकले तीव्र गतिमा आफ्ना मातहतका सबै तहका अधिवेशनहरु सम्पन्न गर्ने निर्णय गरेको बताए ।
महासंघले राष्ट्रिय खेलकुद परिषद्मा देखिएको अन्यौलताका कारण आम खेलकुद जगत नै सुस्ताएको भन्दै तत्काल समस्या समाधान गर्न सरकार तथा न्यायालयको ध्यानाकर्षण समेत गराएको छ । त्यस्तै महासंघले नवौं राष्ट्रिय खेलकुद आयोजनाको मिति अविलम्व घोषणा गर्न, खेल र खेलाडीको हकहित, अधिकार र सामाजिक सुरक्षाका लागि पनि सम्बन्धित निकाय र नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
यस वर्ष वर्षाले २० लाख मानिस प्रभावित हुने, १० प्रतिशतलाई राहत र उद्धार गर्नुप…

नेपालमा ८६ हजार ८०९ जना यौन श्रमिक

राशिफलमा यस्तो छ तपाईंको भाग्य

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

प्रतिक्रिया