बागमती किनारका सुकुम्बासीलाई स्थानान्तरण गर्ने तयारी गरेपछि विरोध
काठमाडौँ - सरकारले बागमती नदी किनारामा अनधिकृत रूपमा निर्माण गरिएका बस्तीलाई विकल्पसहित स्थानान्तरण गर्ने तयारी गरेपछि विरोध सुरु भएको छ ।
सोमबार संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले काठमाडौंको माइतीघरबाट बबरमहलसम्म बसोबासका आधारमा लालपूर्जा वितरण तथा स्थायी विकल्पबिनाको उठिबास सदाका लागि बन्द गर्न भन्दै ध्यानाकर्षण स्वरुप विरोध र्याली निकालेका हुन् ।
र्यालीमा सहभागीहरुले बसोबासका आधारमा लालपूर्जा देउ, उपत्यका आयोग गठन गर, सुकुम्बासी एकता जिन्दावाद लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । एक साताभित्र नै नदी किनारा अतिक्रमण गरेर निर्माण गरेर बनाइएको संरचना हटाइने तयारी सरकारको छ । पहिलो चरणमा थापाथली र शान्तिनगरको अस्थायी बस्ती हटाएपछि नदी किनारामा निर्माण गरिएका अवैध बस्तीलाई पनि हटाउने कार्यलाई अभियानकै रूपमा अगाडि बढाइने योजना सरकारको छ ।
२०६८ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले डोजर चलाएर थापाथलीमा रहेको सुकुम्बासी बस्ती हटाएको भए तापनि विकल्प नदिँदा सुकुम्बासीहरू फेरि थापाथलीमै अस्थायी संरचना बनाएर बस्दै आएका छन् । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले जोखिमयुक्त भएको ठाउँको बस्ती हटाउन तयार रहेको भन्दै त्यसका लागि भूमिसहितको विकल्प चाहिने जनाएको छ ।
यस वर्ष वर्षाले २० लाख मानिस प्रभावित हुने, १० प्रतिशतलाई राहत र उद्धार गर्नुप…

नेपालमा ८६ हजार ८०९ जना यौन श्रमिक

राशिफलमा यस्तो छ तपाईंको भाग्य

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

प्रतिक्रिया